Aamsanchar

गायिका अरुणा लामाको जन्म जयन्ती आज

Author Image
शुक्रवार, भदौ २४, २०७९

काठमाण्डाै – नेपाली गायन क्षेत्रका सुप्रसिद्ध गायिका अरुणा लामाको आज जन्म जयन्ती मनाइँदै छ ।  २००२ साल भदौ २४ गते दार्जिलिङको घुम पहाडमा जन्मिएकी लामाको २०५४ साल माघ २२ गते काठमाण्डौमा निधन भएको थियो ।

‘ए कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत अरुणा लामाले गाएको पहिलो गीत हो भने ‘किन यौवन उदास छ मेरो’ भन्ने गीतबाट उहाँको गीति यात्रा अघि बढेको थियो ।

उहाँका  ‘एक्लै बस्दा सधैँ मलाई’, ‘पोहोर साल खुशी फाट्दा’, ‘मनमा तिम्रो’, ‘हेर न हेर कान्छा’ लगायतका धेरै  गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 326

प्रतिक्रिया (०)

सम्बन्धित खबर