Aamsanchar

नेपालमा साङ्केतिक भाषा

Author Image
शुक्रवार, असोज ७, २०७९

Hands of people showing numbers from one to four

यो दिवसको लागि प्रस्ताव विश्व भरी लगभग ७० मिलियन सुस्त श्रवण व्यक्तिहरूको मानव अधिकारको प्रतिनिधित्व गर्ने उनीहरूको १३५ राष्ट्रिय सङ्घहरूको महासङ्घ ९ध्ँम्० बाट आएको हो। प्रस्ताव ब्रच्भ्क्रठद्दरज्ञटज्ञ संयुक्त राष्ट्र सङ्घमा एन्टिगुवा र बारबुडाको स्थायी मिसन द्वारा प्रायोजित गरिएको थियो, ९७ वटा संयुक्त राष्ट्र सदस्य राष्ट्रहरू द्वारा सह९प्रायोजित यस प्रस्तावलाई १९ डिसेम्बर २०१७ मा सर्वसम्मतिद्वारा पारित गरिएको हो । सेप्टेम्बर २३ ले सन् १९५१ मा ध्ँम् स्थापना भएको मितिको सम्झना गर्दछ। यसको मुख्य लक्ष्यहरू मध्ये साङ्केतिक भाषाहरू र बहिरा संस्कृतिको संरक्षण गर्दै सुस्त श्रवण मान्छे को मानव अधिकार को रक्षा गर्नु हो । सन् २०१८ मा पहिलो पटक साङ्केतिक भाषाको अन्तर्राष्ट्रिय दिवस मनाइएको थियो ।

वर्ष २०२२ को नारा
साङ्केतिक भाषाको अन्तर्राष्ट्रिय दिवस को यस वर्षको नारा चाहिँ “Sign Language Unite us”  रहेको छ । यसको अर्थ साङ्केतिक भाषाले हामी सबैलाई एैक्यवद्ध गर्नेछ भन्ने लाग्दछ ।

नेपालमा साङ्केतिक भाषा
धेरैको बुझाइमा साङ्केतिक भाषा विश्वव्यापी भाषा हो, जुन हरेक देशमा एउटै हुन्छ भन्ने पाइन्छ तर त्यस्तो होइन । हामी कतिपयलाई यिनै प्रश्नहरूको जवाफ दिँदै आइरहेका हुन्छौ कि बोलिने र सुनिने भाषासरह साङ्केतिक भाषा पनि फरक(फरक देशमा फरक(फरक तरिकाबाट निर्माण भएका हुन्छन् । जस्तैस् अमेरिकन साङ्केतिक भाषा, ब्रिटिस साङ्केतिक भाषा, इन्डियन साङ्केतिक भाषा, जापनिज साङ्केतिक भाषा आदि ।

विश्वका सयौँ देशले आ(आफ्ना देशका संस्कार र संस्कृतिलाई अनुसरण गर्दै साङ्केतिक शब्दहरू निर्माण गरेका हुन्छन् । कुनै देशमा त्यस देशको भौगोलिक धरातलको कारण एउटै शब्दको पनि एउटा भन्दा बढी साङ्केतिक भाषा भए पनि देशव्यापी रूपमा सबै बहिराहरूले बुझ्न सक्छन् । नेपालमा पनि भौगोलिक विविधताकै कारण केही शब्दको साङ्केतिक भाषा एकभन्दा बढी प्रयोग हुने गरेको छ ।

नेपालमा बहिरा विद्यालयको स्थापना २०२३ सालमा भए पनि नेपाली साङ्केतिक भाषाको प्राविधिक अभियान भने २०४५ सालबाट सुरु भएको हो । २०४५ साल अघि बहिरा विद्यालयमा पूर्ण रूपमा ओठे भाषाको प्रयोग गरिन्थ्यो र साङ्केतिक भाषाको प्रयोगमा बन्देज लगाइएको थियो । हाल नेपाली साङ्केतिक भाषाका ३ हजार ८०० शब्द अनुमोदन भइसकेका छन् र तीमध्ये आधा जति शब्द मात्र शब्दकोशमा समावेश ९प्रकाशित० भएका छन् । बाँकी शब्द क्रमशः थपिँदै र अनुमोदन हुँदै जाने क्रम यथावतै छ ।

विश्वभरिका १३३ राष्ट्रका बहिरा महासङ्घलाई सदस्यता दिएको विश्व बहिरा महासङ्घले साङ्केतिक भाषालाई आधिकारिक भाषाको रूपमा सरकारबाट मान्यता दिलाउन विश्वव्यापी रूपमै वकालत गर्दै आइरहेको छ । हालसम्म १२ देशले साङ्केतिक भाषालाई आधिकारिक भाषाको रूपमा मान्यता प्रदान गरिसकेका छन् । ती देशमा अफगानिस्तान, क्यानडा, जर्मनी, हङकङ, भारत, न्यूजिल्याण्ड, नर्वे, लाटभिया, दक्षिण अफ्रिका, संयुक्त राज्य अमेरिका, युक्रेन, युगोस्लाभिया रहेका छन् । अन्य देश त्यसका लागि सङ्घर्षरत रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Views: 41

प्रतिक्रिया (०)