Aamsanchar

नेता विश्व प्रकाश शर्माको सन्देश प्रभाव, झापा क्षेत्र नं.१ मा विशेषज्ञ डाक्टर सहितको टोली डेंगु नियन्त्रणमा खटियो  

Author Image
बुधवार, असोज १२, २०७९

मेचीनगर । नेपाली कांग्रेस महामन्त्री बिश्व प्रकास शर्माले हिजो सामाजिक संजाल मार्फत डेंगु को पहिरो नजाओस भनेर स्टाटस लेख्दै भिडियो सन्देस मार्फत सतर्क रहन आवाहान गरे सगै उनको छेत्र मा डेंगु सचेतना, सर्च एन्ड डिर्सोए , अर्लि डाइगोनोसिस र ट्रिटमेन्ट को अवधारणा मा कार्यक्रम शुरु भएको छ ।

नेपाली कांग्रेस झापा क्षेत्र नं. १ क्षेत्रिय समितिको समन्वय र नेपाल स्वास्थ्यकर्मी संघ, तरुण दल,महिला संघ, ने बि संघका स्वयंसेवकहरुको सक्रियतामा कार्यक्रम सुरु भएको हो ।

बरिष्ट डाक्टर सञ्जिब शर्माको नेतृत्वमा आएको स्वंसेवक डाक्टरहरुको टोलि झापा क्षेत्र नं. १ को बिभिन्न स्थानमा खटिएर सचेतना, डेंगु पहिचानका लागि रगत परिक्षण र उपचार मा जुटेका छन् । नेपाली कांग्रेस का केन्द्रिय महामन्त्री ले डेंगु नियन्त्रण का लागि आफ्ना सुबेच्छुक हरुलाई समुदायमा खटेर सहयोग गर्न भिडियो सन्देस मार्फत आवाहान गरे सगै झापा क्षेत्र नं. १ का बुद्धशान्ति,बाँहुनडाँगी,ईटाभट्टा, धुलाबारी, चारआली र चन्द्रगडीमा एकै दिन बृहत कार्यक्रम गरिएको छ ।

पहिले केहि जिल्लामा फाट्टफुट्ट मात्र देखिने गरेको डेंगु रोग यसपाली नेपालका सबै जिल्ला मा देखा परिसकेको छ । डेंगु सम्बन्धि बिभिन्न सचेतना मुलक पर्चाहरु सहित सचेतना जगाउदै बिरामीको स्क्रिनिङ गर्ने,रगत परिक्षण गर्ने, आवश्यक परे औषधि दिने र डेंगु देखिएकालाई आवश्यक परे झुल समेत दिइने कार्यक्रमहरु रहेको बताईएको छ । १२ ,१३ र १४ गतेको अभियान को संयोजन अहिले नेपाली कांग्रेस क्षेत्र नं. १क्षेत्रिय सभापति ईन्द्र बुढाथोकी ले गरिरहेका छन।

आज बाट ३ दिन चल्ने कार्यक्रम बुद्दशान्तिका छेत्र नं. १ अन्तरगत पर्ने बुद्धशान्तिको ४,५,६ र ७ का वडाका नागरिक केन्द्रित गरि बुद्धशान्ति ४ को सट्टाभर्ना खानेपानी हल मा सम्पन्न गरियो । त्यसै गरि १२, १३, १४ गते चल्ने अभियान को पहिलो कार्यक्रम बुद्धशान्ति का ४,५,६ र ७ वडालाई केन्द्र बनाएर बुद्ध शान्ति ४ को सट्टाभर्ना खानेपानी परिसर बाट शुभारम्भ गरिएको हो । धरान घोपा क्याम्पबाट डा सञ्जिब शर्मा नेतृत्वको आएको २ दर्जन बढि डाक्टर नर्स तथा प्रयोगशाला प्रविधिक को टोलिले एकै समयमा तिन स्थानमा केन्द्र राखेर बिहान बुद्धशान्ति, बाँहुनडाँगी र ईटाभट्टा तथा अपरान्हमा चन्द्रगडी,चारआली र ज्यामिरगढी मा डेंगु परिक्षण तथा उपचार शिबिर राखेको हो । सिविरका सबै केन्द्र गरेर कुल तिन सय बढिले परामर्श तथा सेवा लिएका थिए । यो अभियान डेंगु महामारी लक्षित रहेको रे हेल्थ डेस्कमा उपस्थित हुन नसक्ने लाई घरमै टोली पुगेर परिक्षण गरेको थियो ।

पहिलो दिन स्वस्थ्य प्राबिधिक ले सेवा दिएको कार्यक्रम संगै अर्को चरणमा बिपन्न डेंगु रोगिहरुलाई झुल बितरण गरि आइसोलेटेड गर्ने,आवश्यक औषधि बितरण गर्ने, मुख्य केरियर लामखुट्टे नै भएकोले यसको नियन्त्रण गर्न औषधि स्प्रे गर्ने,फोमिङ गर्ने तथा लार्भा सर्च एन्ड डिस्ट्रोए लाई निरन्तरता दिने रहेको छ । स्वस्थ्यलाई प्रार्थमिकतामा राखेर केहि न केहि कार्यक्रमको कन्सेप्ट दिने बिश्व प्रकास शर्मा आफ्ना संगठन का स्वसेवक तथा स्वास्थ्य प्राविधिक मार्फत बिगतमा पनि प्रत्येक वडामा विशेषज्ञ सेवा सहित पुग्ने गरेका थिए ।

एकसय भन्दा बढी भि आइ ए टेस्ट शिबिर, कोभिड संगै नन कोभिडलाई सघाऔं अभियान, एउटै नेटवर्कमा राखेर गरिएको भिडियो कन्फरेन्स मार्फत को उपचार सेवा, मुटु तथा मृगौला शिबिर, २० हजार बढीले सेवा लिएको प्रथम राष्ट्रिय स्वास्थ्य महोत्सब,उनको स्वस्थ्य टिमले गर्ने निशुल्क औषधि बितरण तथा निशुल्क उपचार सेवा कार्यक्रम उनको क्षेत्रमा मात्र हैन नेपालका धेरै क्षेत्रमा लोकप्रिय छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर