Aamsanchar

 एकता सपोर्टिङ क्लबको आयोजनामा बिर्तामोड २ मा फुटबल खेल प्रशिक्षण सुरु, प्रवेश कटुवाल मुख्य प्रशिक्षक 

Author Image
बुधवार, असोज १२, २०७९

चारपाने । झापाको बिर्तामोड २ चारपानेमा रहेको एकता स्पोर्टिङ  क्लबले बालबालिकाहरूलाई फुटबल खेल प्रशिक्षण गराउन सुरु गरेको छ ।

क्लबले आज एक कार्यक्रम आयोजना गरेर फुटबल खेल प्रशिक्षणको लागि प्रशिक्षक प्रवेश कटुवाललाई जिम्मेवारी दिएको छ । प्रशिक्षकको जिम्मेवारी पाए पछि प्रशिक्षक कटुवालले भने ‘मलाई भईरहेका खेलाडीलाई मात्र होइन नयाँ खेलाडी उत्पादन गर्नु महत्वपूर्ण काम लाग्दछ त्यसैले केही समयका लागि यहाँका बालबालिकाहरूलाई फुटबल सिकाउँछु । यस कार्यले मलाई धेरै सन्तुष्टि मिल्छ । नयाँ खेलाडीहरूको पहिचान गरेर बाहिर नल्याउने हो भने झापामा राम्रा खेलाडीको अहिले नै खडेरी लाग्न थालेको छ अबको केही वर्षमा झन के अवस्था होला ।’ कटुवाल झापा ११ र मछिन्द्र क्लबमा आवद्ध रहेर फुटबल प्रशिक्षकको काम गरिसकेका राष्ट्रिय स्तरका प्रशिक्षक हुन् ।

एकता स्पोर्टिङ क्लबले फुटबल खेल प्रति बिना भेदभाव सबैलाई सहभागिताको अवसर र मैत्रिपूर्ण भाइचारा कायम राख्न बालबालिकाहरूको तिन वटा समूह भनाएर प्रशिक्षण दिन सुरु गराएको हो । ८ देखि १०, ११ देखि १६ र १७ देखि २० वर्ष समूहका किशोर किशोरी र  युवा युवतीहरूलाई प्रशिक्षण प्रदान गराउन सुरु गरेको हो । हाल ४० जना भन्दा धेरै बालबालिकाहरू क्लबले उपलब्ध गराएको प्रशिक्षणमा सहभागी जनाएको क्लबका अध्यक्ष किरण पौडेलले आमसंचारलाई बताए ।

प्रशिक्षण अनुबन्धन तथा विजय दशमीको शुभकामना कार्यक्रममा क्लबका अध्यक्ष पौडेलको अध्यक्षता र बिर्तामोड नगरपालिका वडा नं। २ का वडाध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्यता मा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पौडेल, समाजसेवीहरु डिल्लीराम सिटौला, देवी खरेल, भवानीप्रसाद राजवंशीलगायतले शुभकामना राखेका थिए । कार्यक्रममा सबै वक्ताहरूले क्लबले गरेको काम अत्यन्तै राम्रो रहेको र यस कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

क्लबका सल्लाहकार माधव खरेलले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव सुशील थापाले गरेका थिए ।

क्लबले प्रशिक्षण व्यवस्थापनका लागि एकाडमी व्यवस्थापन उपसमिति, मैदान व्यवस्थापन समिति, प्राथमिक उपचार व्यवस्थापन समिति, अनुशासन समिति र सुरक्षा समिति पनि गठन गरेको छ ।
क्लबको अन्य पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष पुकार राई, उपाध्यक्षहरू प्रदिप पौडेल, गोमादेवी लिम्बु , सचिव मन्जिल गिरी, कोषाध्यक्ष दिवाकर मैनाली, सहकोषाध्यक्ष लक्ष्मी प्रसाद घिमिरे, सदस्यहरु सूर्य लिम्बु, प्रकाश दर्जी, मोहन राई, गीता पुरी, झुमा पाठक सिटौला, खेमराज गिरी र शर्मिला राजवंशी रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 119

प्रतिक्रिया (०)

सम्बन्धित खबर