Aamsanchar

सुरुङ्गा,बिर्तामोड हुदै चेप्टी पार्क सम्म बस सञ्चालनमा

Author Image
शुक्रवार, असोज १४, २०७९

 

बिर्तामोड ।  इलामको माई नगरपालिका २ चेप्टीमा सञ्चालित ह्याप्पी ड्रिम्स चेप्टी पार्क पुग्नको लागि सहज हुने भएको छ ।

यस अघि सिधै चेप्टी पार्क सम्म बसको सुविधा नहुदाँ यात्री पर्यटकहरूले शुक्रबारेबाट सवारी साधन परिवर्तन गरेर मात्र उक्त ठाउँमा पुग्न सकिन्थ्यो । साना निजी गाडीहरु भने सहजै पुग्ने गरेको छ ।

चेप्टी नामले चर्चामा आएपनि स्थानको बारेमा धेरै सर्वसाधारणहरू अन्योलमा पर्ने गरेको अवस्थालाई मध्यनजर छुट्टै निजी क्षेत्रको लगानीमा सार्वजनिक बस सञ्चालनमा ल्याइएको हो ।
बस सञ्चालनमा आए पछि चेप्टी जना चाहने स्वदेशी तथा विदेशी पर्यटकलाई विना झन्झट चिप्टी पुग्न सक्ने वातावरण बनेको छ ।

बस सञ्चालनमा आएको कुरा सुन्दा सामान्य लाग्छ । तर उक्त ठाउँमा दुई वर्ष अघि सम्म एम्बुलेन्स पनि पुग्न नसक्ने अवस्था रहेकोमा चेप्टी पार्क सञ्चालनमा आएपछि यातायातको सहजता हुन थालेको हो । ‘हामी भूगोलका हिसाबले शुक्रबारे बजार नजिकै रहेपनि बाटो र यातायातको उचित व्यवस्था नहुदाँ धेरै दुखः भोग्दै आएका थियौं तर अब हाम्रा ति दुखका दिन क्रमश हराउँदै जान थालेको’ स्थानीय हरुको भनाई रहेको छ ।

भारतबाट समेत पर्यटकहरू इलाममा रहेको रमणीय स्थलमा आउने गरेकोले उनीहरूलाई बाटो र यातायातका लागि असुविधा नहोस् भनेर हाललाई दैनिक दुईवटा बसबाट पर्यटकले यो सुविधा दिन थालिएको ह्याप्पी ड्रिम्स चेप्टीका सञ्चालक दिनेश शिवाकोटीले बताए ।

बिर्तामोडबाट करिव ३० किलोमिटर क्षेत्रमा रहेको यस क्षेत्रमा पुग्नका लागि झापाको सुरुङ्गाबाट दिउसो १० बजे निस्कने र ११ बजे बिर्तामोडबाट दानावारी स्टेशन हुदै साढे १२ बजे इलामको माई नगरपालिका २ स्थित चेप्टीमा पुग्ने ह्याप्पी ड्रिम्स चेप्टीका मुख्य व्यवस्थापक दीपक ढुङ्गानाले जानकारी आमसंचारलाई जानकारी दिए ।

हाललाई दैनिक २ वटा बसले सर्वसाधारणलाई ल्याउने लैजाने गरेपनि चाडै बसहरू को संख्या थप गरिने चेप्टीका व्यवस्थापक नितेश ओलीले बताए ।

चेप्टीसम्म पुग्नका लागि दैनिक बस सेवा सुरु गरेसँगै त्यहाँ सम्म जान चाहने आन्तरिक तथा बाह्रय पर्यटकका लागि सहज भएको छ भने खर्चको हिसाबले पनि यातायातमा हुने लागतमा सहुलियत भएको छ ।

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 606

प्रतिक्रिया (०)

सम्बन्धित खबर