Aamsanchar

दशैँमा घुम्नको लागि झापा–इलामका सहज ५ उत्कृष्ट गन्तव्यहरु

Author Image
बुधवार, असोज १९, २०७९

बिर्तामोड । दशैँ भन्ने बित्तिकै मिठो परिकारहरू खाने र रमाउने नै बुझिन्छ । घर घरमा गच्छे अनुसारको मिठोमसिनो खाएर दशैँ मनाउने क्रम चलिनै रहेको छ । दशमीको दिन टीका जमरा र राम्रो नयाँ लुगा लगाएर विभिन्न स्थानहरू घुम्न जानेहरूको भिडभाड विगतका वर्षहरूमा हुँदै आएको थियो । यस वर्ष पनि मौसमले साथ दिएमा पक्कै पनि धेरैजनाले घुम फिर गर्न निस्कने योजना बनाउनु भएको हुन सक्छ ।
झापा र आसपासको क्षेत्रमा रहेका पर्यटकीय स्थलहरू धेरै पटक घुमेर अब नयाँ रमणीय गन्तव्यको खोजीमा हुनुहुन्छ भने यहाँ मुख्य ५ वटा उत्कृष्ट गन्तव्यहरूको बारेमा जानकारी दिने जमर्को गरिएको ।

१, ह्याप्पी ड्रिम्स चेप्टी पार्क । ह्याप्पी ड्रिम्स चेप्टी पार्क लाई पहिलो उत्कृष्ट गन्तव्य मान्न सकिन्छ । निजी लगानीमा सञ्चालनमा आएको चेप्टी पार्क एक प्राकृतिक र कृतिम साजसज्जाले सजिएको पार्क हो । यो पार्क नेपालमै नमुना पार्कको रुपमा विकास भइरहेको छ । झापाको छिमेकी जिल्ला इलामको माई नगरपालिकामा रहेको चेप्टी पार्क पछिल्लो समयमा धेरै चर्चामा रहेको पार्क हो । यो पार्क पुग्नको लागि बिर्तामोड, खुदुनाबारी हुदै शुक्रबारे बजारबाट करिव ५ किलो मिटर दक्षिणमा पर्छ ।

२, कञ्चनगढ । कञ्चनगढ झापाको बाह्रदशी गाउँपालिकामा पर्दछ । वरिपरि सबै तिर समथर र टापु जस्तै बनेर रहेको बाह्रदशी पर्यटकीय स्थल र त्यहाँ रहेको साधुकुटी मन्दिरले पर्यटकलाई लोभ्याउने गरेको छ । अत्यन्तै रमणिय स्थल रहेको सो ठाउँ पुग्नको लागि मुख्य राजमार्गमा पर्ने चारपाने चोकबाट दक्षिण तर्फ करिव १० किलो मिटरको दूरीमा रहेको छ । उक्त ठाउँ पुग्नको लागि निजी तथा भाडाका सवारीहरू बाट फराकिलो कालोपत्रे सडक हुदै पुग्न सकिन्छ ।

३, सलकपुर । सलकपुर रोङ गाउँपालिकामा पर्दछ । चिसो मौसम सुन्तला फल्ने ठाउँले सलकपुर चर्चामा रहेको छ । कृषि र प्राकृतिक वातावरण मन पराउने हरुका लागि सलकपुर उपयुक्त गन्तव्य बन्ने छ । पछिल्लो समययता सलकपुरमा पर्यटकहरूको चलहपहल बढन थालेपछि होमस्टेहरु सञ्चलनमा आएका छन् । झापाको काँकडभिट्टा, बाहुनडाँगी हुँदै सलकपुर पुग्न सकिन्छ । इलामको हर्कटेबाट पनि सलकपुर आउन सकिन्छ । झापाबाट करिव ३० मिनेट र हर्कटेबाट करिव १ घण्टाको समय अवधीमा सवारी साधनबाट सलकपुर पुग्न सकिन्छ । तर बाटो कच्ची रहेको छ ।

४, करसोङ पदमार्ग । करसोङ पदमार्ग पनि रोङ गाउँपालिकामा पर्दछ । मेची राजमार्गमा पर्ने हास पोखरी देखि करसोङ पदमार्ग सुरु हुन्छ । यो पदमार्ग इलाममै पहिलो आधिकारिक पदमार्ग हो । अत्यतै सुलभ र सरल तरिकाबाट पुग्न सकिने यस पदमार्ग जम्मा १९ किलो मिटरको रहेको छ तर ९ किलो मिटर सम्म यात्रा गरेपनि बाँकी यात्रा सवारी साधनबाट नै गर्न सकिन्छ । ९ किलो मिटर भित्र भने कयौं यस्ता दृष्यहरु निहान्न सकिन्छ यहाँ सब्दमा उल्लेख गर्न निक्कै समय लाग्छ । एक पटक यस पदमार्ग पुगेर पर्यटनको मज्जा लिनेले त्यो रमाईलो क्षणलाई जीवनमै भुल्न नसक्ने गरिको रहेको छ ।

५, दोमुखा । दोमुखा झापाको पुरानो पर्यटकीय स्थल हो । तर आज भोली दोमुखा रात दुई गुणा रात चार गुणाले झै परिवर्तन भइरहेको छ । दोमुखामा पर्यटकको बढदो चाप संगैं होटल, कटेजहरु धेरै सञ्चालनमा आएका छन् । विगतका वर्षमा सामान्य खाजा घरहरु मात्र रहेको दोमुखामा अहिले दर्जनौं सुविधा सम्पन्न होटल तथा कटेजहरु सञ्चालनमा आएका छन् । माई खोलाको किनारमा खोलिएका होटलहरुमा बस्न र खानको सुविधा संगै रामो झोलुङ्गे पुल र माई खोलाको पस्चिम तर्फ कनकाई नहरको ड्राईभर्सन र पूर्व धनुश्कोटी धाम र जगन पाण्डे दरवार स्थलले त्यहाँ पुग्ने पर्यटकलाई प्रफुल्लित बनाउने निस्चित नै छ । दोमुखा पुग्नको लागि सुरुंगा र माईधारबाट उत्तर करिव ५ किलो मिटर यात्रा तय गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर