Aamsanchar

 पेशा सानो कमाई ठुलो, सौराह को फेमस चन्दन चटपटे को दैनिक व्यापार २० हजार माथि 

Author Image
शुक्रवार, असोज २८, २०७९

सौराह । कुनै पनि  काम मेहनत र निरन्तर लगनशील बनेर  गर्दा सफलता प्राप्त हुन्छ । त्यस का लागि समय साक्षेप आफूलाई परिवर्तन गर्न र रचनात्मक बन्न पनि आवश्यक हुन्छ ।

अहिलेको समयमा कुनै पनि काम, पेशा, व्यवसायलाई  फरक ढंगले सञ्चालन गर्ने हरूले छिटो सफलता प्राप्त गरेको उदाहरणहरू प्रसस्त देख्न पाइन्छ ।

त्यस्तै  चितवनको पर्यटकीय नगरी सौराह मा पनि एक व्यक्तिले चटपटे व्यवसायबाट प्राप्त गरेको सफलतालाई पनि एक उदाहरण लिन सकिन्छ ।

चटपटे व्यवसाय भन्ने बित्तिकै दुखी, गरिब झुत्रोमुत्रो, राम्रो सफासुग्घर नभएको व्यापार भन्ने धेरैको बुझाई रहेको छ । देशका विभिन्न स्थानमा उक्त व्यवसायलाई हेर्दा अगाडि भनिए झै नै धेरै देख्न सकिन्छ । तर सौराहको चन्दन चटपटे पसल भने कुनै सानो होटल भन्दा कमको छैन । मुख्य बजारको सटर भाडामा लिएर चलाइएको छ । चटपटेको ठेला पनि राखिएको छ । ठेला चटपटेको पहिचान पनि हो ।
चन्दन चटपटेमा पाइने चटपटे अन्यत्र पाइने भन्दा निकै फरक र स्वादिलो रहेको छ । मूल्य पनि बढी छ । अरु तिर ३० रुपैयाँमा पाइने चटपटे चन्दनमा रु १०० पर्छ । तर पनि ग्रहाक हरु लाइन नै बसेर चटपटे खाने गरेका छन् ।

चटपटे नेपाली तथा भारतीय पर्यटकहरूले मन पराउने एक परिकार हो । सौराह मा चन्दन चटपटे पसलमा मुखको स्वादको लागि मात्र होइन खाजाकै रुपमा पनि पर्यटकहरूले चटपटे खाने गरेका छन् । चखनी को रुपमा पनि निक्कै प्रचलित रहेको छ चन्दन चटपटे पसलको चटपटे ।

सौराहमा अरु पनि चटपटे पसलहरू रहेका छन् । तर पनि चन्दनमै मानिसहरू चटपटे खान पुग्ने गरेका छन । सुग्घर सफा, चटपटे गुणस्तरयुक्त र टिकटक लगायतको सामाजिक सञ्जालमा भाइरल, स्थानीय देखि राष्ट्रिय स्तरका मिडियाबाट  चन्दन चटपटेले पाएको चर्चा  ले पनि चन्दन चटपटे सम्म पुग्ने हरुको भिड लाग्ने गरेको हो ।

चन्दन चटपटेको दैनिक व्यापार मझौलो होटलको भन्दा कम छैन । सरदर दैनिक २० हजारको व्यापार हुने गरेको छ जसमा खर्च कटाएर दिनको ८ हजार फाइदा हुने चन्दन चटपटे पसलका सञ्चालक चन्दनकुमार गुप्ताले बताए ।

चन्दन चटपटेमा एनसिएलको विज्ञापन बनको र कलाकार देखि राजपरिवारका सदस्य सम्म आफ्नो ग्राहक रहेको सञ्चालक चन्दन गुप्ताले बताए ।

रत्ननगर –६ सौराह हात्ती चोकमा रहेको चन्दन चटपटे पसल राती अबेर सम्म खुला हुन्छ ।

२०६४ सालमा सामान्य ठेलागाडामा चन्दन गुप्ताले चटपटे व्यवसाय सुरु गरेका थिए । विगतको वर्षमा सामान्य तरिकाले व्यवसाय सञ्चालन गर्दै आएका थिए । त्यती वेला उनकोमा राम्रो व्यापार हुदैन थियो । त्यस पछि उनिमा व्यापार नभएकोमा निरास हुनु भन्दा आफू र व्यवसायलाई परिमार्जन गर्नुपर्ने सोच आयो,  त्यस पछि २०७७ साल बाट सटर भाडाँमा लिएर राम्रो सँग चटपटे व्यापार गर्न थाले पछि एका एक उनको व्यवसाय मौलाउदै गयो । अहिले सौराहाका एक व्यस्त व्यवसायी बनेका छन् । उनको मासिक कमाई २ लाख ४० हजार माथी रहेको छ । यो कमाई चटपटे व्यवसायको लागि कल्पना भन्दा बाहिरको राम्रो कमाई हो । सुरुका दिनमा साईकलमा घुमेर चटपटे बेच्ने चन्दन आज नाम र दान सहित सौराहमा जमेका छन् । उनको परिवार निक्कै राम्रो सँग चलेको छ ।

भारत विहारको सितामणीबाट मजदुरी गर्न सौराह आईपुगेका चन्दनले सानो व्यवसाय बाट राम्रो कमाई गरेको देख्नेहरुले उनिबाट केही सिक्न जरुरी छ । काम सानो र ठुलो हुदैन सफलता र आत्म सनतुष्टि मुख्य कुरा हो भन्ने पनि उनको कामले सिकाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 440

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ आज
सोमवार, वैशाख ३, २०८१
सुनको मुल्य
आइतवार, वैशाख २, २०८१