Aamsanchar

कसले कति पदक जिते ?

Author Image
शुक्रवार, कार्तिक ४, २०७९

विभागीय टीम त्रिभुवन आर्मी क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । १ सय ७२ स्वर्ण पदक सहित आर्मीले उपाधि कब्जा गरेको हो ।

३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । आर्मीले थप १ सय ९ रजत र ८९ कास्य पदकसहित ३ सय ७० पदक जितेको हो । सातौं र आठौं संस्करणको उपाधि पनि आर्मीले नै जितेको हो ।

६५ स्वर्ण, ७३ रजत र ८१ कास्यसहित २ सय १८ पदक जितेको शसस्त्र प्रहरी बलको एपिएफ क्लब दोश्रो भएको छ । ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदकसहित १ सय ९५ पदक जितेर नेपाल पुलिस क्लब तेश्रो भएको छ ।

घरेलु मैदानमा गण्डकी प्रदेश चौंथो भयो । प्रदेशहरूमध्ये गण्डकी पहिलो बनेको छ । गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य सहित १ सय २० पदक जितेको हो । बागमती प्रदेशले २४ स्वर्ण ४७ रजत र ७४ कास्य पदक सहित १ सय ४५ पदक हात पारेर पाँचौं स्थानमा रह्यो ।

प्रदेश १ ले १० स्वर्ण सहित ८३, सुदुरपश्चिमले १० स्वर्ण सहित ६३, एनआरएनएले पनि १० स्वर्ण सहित २६ पदक पाएको छ । लुम्बिनी प्रदेशले ६ स्वर्णसहित ६८, मधेश प्रदेशले ५ स्वर्णसहित ३९ र कर्णाली प्रदेशले २ स्वर्णसहित १८ पदक पाएको छ ।

सुरुमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भनिएकोमा प्याराग्लाईडिङ, पौडी र आर्चरीमा २र२ स्वर्ण पदक र स्क्वास र सफ् टेनिसमा एकरएक स्वर्ण पदकको खेल स्थगित भएको थियो । ३६ खेलका ३ सय ९६ इभेण्ट मात्रै पूरा भएका छन् । खेलहरू गण्डकी प्रदेशका ८ जिल्लामा सन्चालन गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर