Aamsanchar

मेचीनगरका चिमरियाले जन्मोत्सव सहिद तथा बेपत्ता परिवार सँग मनाउने, गाई पनि उपहार दिने

Author Image
मङ्गलवार, कार्तिक १५, २०७९

मेचीनगर । आफ्नो जन्मोत्सवको अवसरमा झापाका एक युवाले दुई दर्जन बढी सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गर्ने भएका छन् । मेचीनगर –१२ मा डेरी व्यवसाय सञ्चालन गर्दै आएका राजन चिमरियाले सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सम्मान गर्ने योजना बनाएको बताए ।

चिमरियाले कार्तिक १६ गते  शहीद तथा बेपत्ता परिवारलाई  ८० हजार मूल्य पर्ने  होलिस्टेन जातको माउ गाई उपहार स्वरुप प्रदान गर्ने घोषणा पनि गरेका छन् ।

सहिद, बेपत्ता परिवार र घाइतेलाई कुनैपनि ठाउँबाट उपयुक्त किसिमको राहत एवम् जिविकोपार्जनको श्रोतको व्यवस्थापन नभएको भन्दै युवा व्यक्तित्व चिमरियाले भने, मैले जन्मोत्सवमा मात्रै होइन, अन्य समयमा पनि सहयोग गर्दै आएको छु । त्यसैले १६ गते सहिद, बेपत्ता परिवार र घाइतेलाई  एक दिवसीय अध्ययन अवलोकन भ्रमणका लागि सालघारी, सुखानी, र चेप्टी जाने योजना रहेको छ ।

‘यो पटक ४९ औं जन्मदिनमा मैले देशको आमूल परिवर्तनमा आफ्नो  जीवन सुम्पिने सहिद तथा बेपत्ता परिवारका लागि सुखानीमा कार्यक्रमको आयोजना गरेको छु ।, कार्यक्रममा एकजना पत्रकार जिएन शर्मालाई नगदसहित सम्मान गर्नेछु ।’

चिमरियाले कोभिड महामारीमा आफ्नै लगानीमा बिरामीलाई निःशुल्क औषधि घरघरमै पुर्याउने, होल्डिङ सेन्टरमा रहेकालाई दैनिक सय लिटर निशुल्क दूध बितरण, आगलागी वा अग्नि पीडितलाई राहत  नगद बितरण, सुत्केरीलाई सुत्केरी पोषण बितरण, सयौँ गरिब आदिवासी जनजाति, विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा गराउँदै छन् भने तिन वटा सरकारी विद्यालयमा दिवा खाजाका लागि निशुल्क दूध बितरण गर्दै सामाजिक कार्यमा अब्बल दर्जाको रुपमा आफ्नो परिचय दिइदै आएका छ्न् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0
Views: 452

प्रतिक्रिया (०)