Aamsanchar

वैकुण्ठ चर्तुदशीको व्रत कथा

Author Image
आइतवार, कार्तिक २०, २०७९

शास्त्रअनुसार हजारौँ कमलका फुलहरूले भगवान् विष्णुको पूजा गरेर शिव जी को अर्चना गर्ने मनुष्यले आफ्ना सबै बन्धनहरू बाट मुक्ति पाएर वैकुण्ठ लोक प्राप्त गर्दछ । कार्तिक शुक्ल चर्तुदशीमा यस व्रत गर्ने चलन छ ।

वैकुण्ठ चर्तुदशीको व्रत कथा
एक पटक नारद भगवान् विष्णुकहाँ वैकुण्ठमा पुगे । विष्णुजीले नारदजीलाई आउनुको कारण सोध्नुभयो । नारदले भने, “प्रभु पृथ्वीमा हजुरलाई कृपा निधान भनिन्छ। तर तपाई का प्रिय भक्तहरूले मात्र कृपा पाँउदछन । त्यसैले कुनै यस्तो उपाय बताइदिनुस् जसद्वारा साधारण स्त्री पुरुष पनि तपाँइको कृपाको पात्र बन्न सक्नेछन् ।
त्यसमा भगवान्ले भन्नुभयो– “नारद कार्तिक शुक्ल चतुर्दशीका दिन व्रत बसी भक्तिपूर्वक मेरो पूजा गर्ने महिला तथा पुरुषले स्वर्ग प्राप्त गर्नेछन् ।

यसपछि विष्णुले जय विजयको आह्वान गरेर कार्तिक शुक्ल चतुर्दशीमा स्वर्गका द्वारहरू खोलिदिने आदेश दिनुभयो । भगवान्ले यो दिन अलिकति पनि मेरो नाम लिएर पूजा गर्नेलाई बैकुण्ठको वास हुने बताउनुभयो ।

महाभारत र वैकुण्ठ चर्तुदशीको कथा
महाभारतको युद्धमा जब भीष्म पितामह सूर्यको पर्खाइमा ओछ्यानमा सुतिरहेको बेला भगवान् कृष्ण पाँच पाण्डवहरूलाई लिएर उहाँकहाँ पुग्नुभयो ।

युधिष्ठिरले भीष्म पितामहसँग कृपया हामीलाई राजधर्मको निर्देशन दिनुहोस् भनेर अनुरोध गरे ।

त्यसपछि भीष्म पितामहले पाँच दिनसम्म राजधर्म, वर्ण धर्म, मोक्ष धर्म आदिको उपदेश दिनुभयो। उहाँको उपदेश सुनेर श्रीकृष्ण जी सन्तुष्ट भएर “बाबा १ कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको पाँच दिनमा तपाईँले दिनुभएको धार्मिक उपदेशबाट म धेरै खुसी छु। तपाईँको सम्मानमा म भीष्म पञ्चक व्रत स्थापना गर्छु। जसले यसो गर्छ, जीवनभर विभिन्न सुख भोगेर अन्त्यमा मोक्ष प्राप्त हुन्छ भनेर स्वयम श्री कृष्णले भन्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 500

प्रतिक्रिया (०)

सम्बन्धित खबर