Aamsanchar

यी व्यक्तिले ३३ सेकेन्डमा १० खुर्सानी खाएर बनाए विश्व रेकर्ड

Author Image
मङ्गलवार, कार्तिक २९, २०७९

काठमाडौं – संयुक्त राज्य अमेरिकाका एक व्यक्तिले विश्वको सबैभन्दा ताता क्यारोलिना रिपर खुर्सानी चाँडो खाएर गिनिज वल्र्ड रेकर्ड (जीडब्लुआर) बनाएका  छन् । क्यालिफोर्नियाका निवासी ग्रेगरी फोस्टरले सेप्टेम्बर १७ मा ३३.१५ सेकेन्डमा १० वटा ती खुर्सानी खाएर उक्त कीर्तिमान राखेको गिनिज वर्ल्ड रेकर्ड्सले जनाएको छ ।पछिल्लो उपलब्धिसँगै फोस्टरले ९ महिनाअघि ८ दशमलव  ७२ सेकेन्डमा तीन क्यारोलिना खुर्सानी खाएको आफ्नै कीर्तिमान तोडेका हुन् ।  उनले छोटो समयमा अहिलेसम्मकै सबैभन्दा तातो खुर्सानी खाने कीर्तिमान बनाएका छन् ।फोस्टरले तातो हट सस कम्पनीको मालिक हुन् र आफ्नो खेतमा आफ्नै खुर्सानी उब्जाएका छन् । “ मलाई लाग्छ, यो पीडाको जोश हो,“ उनले जीडब्लुआरलाई भने । उनले पछिल्लो अनुभवलाई जतिसक्दो चाँडो कोइला खाने प्रयाससँग तुलना गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर