Aamsanchar

अत्याधिक तनाव लिनेलाई यस्ता स्वास्थ्य समस्या देखा पर्छन्

Author Image
शुक्रवार, मंसिर २, २०७९

तनावका कारण शरीरमा अनेक प्रकारका समस्या हुने गर्छन् । अत्याधिक तनावका कारण लगातार टाउको दुख्ने, अनिद्रा हुने, र पाचनप्रक्रियामा समस्या हुने गर्छ ।

फिजिसियन डा रोगर हेन्डरसनले तनावका कारण शरीरमा निम्न ६ किसिमका समस्या हुने बताएका छन् ।

आन्द्रामा समस्या

१३ लाख ब्रिटिश र ४५ लाख अमेरिकीहरुमा आन्द्रामा समस्या छ । ७० प्रतिशत डाक्टरले यसलाई साझा पाचन समस्याको रुपमा लिने गर्छन् ।

आन्द्रामा समस्या हुँदा कब्जियत र झाडापखालाको समस्या पनि हुनसक्छ । आन्द्रामा समस्या हुँदा पेट सुनिने समस्या हुनसक्छ । ९४ प्रतिशत ब्रिटिश डाक्टरहरु तनावका कारण आन्द्रामा समस्या हुने मान्छन् ।

डा।हेन्डरसनका अनुसार दिमाग र पाचनप्रणाली बीच एकआपसमा सम्बन्धित हुन्छन् ।

अत्याधिक पसिनाको समस्या

तनावमा हुँदाखेरि शरीरमा अत्याधिक पसिना आउने गर्छ । निराशाको अवस्थामा पसिना आउनु स्वभाविक हो ।
डा। हेन्डरसनका अनुसार मानव शरीरमा ४० लाख पसिना ग्रन्थी हुने गर्छ । धेरैजसो हत्केला, पैताला र कोखामा हुने गर्छ । तनावका कारण पैदा हुने पसिना अलग किसिमको हुने गर्छ ।

तनावमा भएका बेला हाम्रो पसिना ग्रन्थीहरु बढी सक्रिय हुने गर्छ । र, शरीरमा पसिनाको समस्या हुने गर्छ ।

दाँतमा समस्या

अत्याधिक तनाव लिँदा दाँतको समस्या अर्थात बु्रक्सिजम हुने गर्छ । तनावमा हुँदा टाउको दुख्ने गर्छ । टाउको र दाँत एक आपसमा सम्बन्धित हुन्छन् । तनावका कारण अनिद्रा, कान दुख्ने र बङगाराको मांसपेशीमा समस्या हुने आउने गर्छ ।

बंगाराको मांसपेशीमा समस्या हुँदा यसले दाँतमा असर गर्ने गर्छ । फलतः दाँत नमिल्ने र दुख्ने समस्या हुने गर्छ ।

कपाल झर्ने समस्या

अत्याधिक तनावमा हुँदा टाउकोको कपाल समेत झर्ने समस्या हुनसक्छ । अनावश्यक तनाव लिँदा कपाल उम्रने छालाको प्वाल पसिना निस्केर चिसोका कारण बन्द हुने समस्या हुनसक्छ । जसको कारण कपाल झर्ने समस्या हुन्छ । कपाल धुँदाखेरि कपाल झर्ने अधिक रहन्छ ।

निद्रा नलाग्ने समस्या

तनावका कारण कयौं दिन निद्रा नलाग्ने समस्या हुनसक्छ । तनाव लिएर धेरै चिन्तित बन्दा समयमा निदाउन सकिँदैन । समस्याकै बारेमा चाहिनेभन्दा बढी एकोहोरिएर सोचिरहँदा निद्रा नलाग्ने समस्या हुन्छ ।
तनावका कारण शरीरमा रहेको हाइपरोसल हर्मोन कम हुने गर्छ जसले निद्रा नलाग्ने समस्या बढी हुनेगर्छ ।

थकान महशुस हुनु

अत्याधिक तनावबाट शरीरमा चाँडै थकान महशुस हुने गर्छ । प्रायजसो मान्छे रोजगारी र आर्थिक समस्या कारण तनावमा हुने गर्छ । र, आर्थिक समस्या पर्दा शरीरमा काम गर्ने शक्तिको कमी महशुस हुने गर्छ जसले गर्दा शरीरमा बढी थकान महशुस हुनेगर्छ ।

मानसिक तनाव व्यवस्थापनका उपायहरू :

सेल्फ केयर :

आफ्ना लागि समय निकाल्नु, आफूलाई माया गर्नु,आफ़्नो लागि व्यक्तिगत स्पेस बनाउनु,आफ्नो बारेमा आफूले ध्यान दिनु, आफ़्नो भावनाको कदर गर्नुजस्ता कुरा नै सेल्फ केयर अन्तर्गत पर्दछ। जुनकुराले आफ़ुलाई तनाव दिन्छ, त्यो कुराबाट टाढा रहनु सेल्फकेयर हो, जस्को कारण मानिसले आफ़ुलाई तनावबाट टाढा राख्न सक्षम हुनुको साथै आत्मसन्तुष्टिको अनुभूति गर्दछ।

मनोरञ्जन :

सबैको आ(आफ्नो रमाउने तरिका हुन्छ,कोही गीत सुनेर मज्जा लिन्छन् त कोही इन्टरनेट सर्फ गरेर त कोही नाचेर, गाएर आनन्द लिन्छन् ।आफूलाई मनपर्ने कार्यमा व्यस्त राख़्नु तनाव व्यवस्थापनको एउटा राम्रो उपाय हो।

सन्तुलित आहार :

खानाबिना हामी बाँच्न सक्दैनौ। खाने भन्दैमा जे जति बेला पनि खाएर हामी स्वस्थ्य हुदैनौँ। खाना आफ्नो शरीरको आवश्यक्ता, उमेर र कामअनुसार खानुपर्दछ। शरीरको आवश्यकता अनुसार सन्तुलित भोजन गर्दा रोग प्रतिरोधात्मक क्षमता बढ्ने तथा स्वस्थ्य रहने हुँदा तनाव पनि कम हुन्छ।

रोगी व्यक्तिको तुलनामा निरोगी व्यक्ति तनावमुक्त हुन्छ।तसर्थ स्वस्थ्य जीवनको लागि सन्तुलित आहारको निकै महत्वपूर्ण भूमिका हुन्छ। सन्तुलित भोजनमा शरीरको आवश्यक्ता अनुसार पोषण तत्व ९कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनिरल ,फैट्स० समावेश भएको हुन्छ। साथै हाम्रो शरीरलाई दिनमा ८(१० गिलास पानीको आवश्यकता पर्दछ। साधारणतयास् एउटा वयस्क व्यक्तिलाई दैनिक १८००(२२०० क्यालोरी आवश्यकता पर्दछ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)