Aamsanchar

साईवर क्राईम मुद्दामा रेडियो नेपालका पत्रकार पक्राउ

Author Image
आइतवार, मंसिर ११, २०७९

उदयपुर । रेडियो नेपालका उदयपुर संवाददाता गजेन्द्र राई सावईवर क्राईम मुद्दामा पक्राउ परेका छन ।

एक महिलाको व्यक्तिगत सम्बन्धको बारेमा समाग्री बनाई युट्युवमा लगाएत सामाजिक संजालमा हालेको अभियोगमा राईलाई उदयपुर प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो ।

पीडित महिलाको उजुरी तथा काठमाण्डौ जिल्ला अदालतबाट जारी पक्राउ पुर्जीको आधारमा राईलाइ पक्राउ गरिएको उदयपुरका प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयलले जानकारी दिए ।
एसपी फुयलका अनुसार राईले गत साउनमा आफ्नो युट्युब च्यानलबाट एक महिलाको चरित्र हत्या र सामाजिक नैतिकता विरुद्धको कार्य गरेको भनी दिएको उजुरीको आधारमा पक्राउ गरि साईबर व्यूरो काठमाण्डौ पठाईएको छ ।

शनिबार साँझ उदयपुर सदरमुकामा गाईघाटबाट पक्राउ परेका राईलाई आईतबार काठमाण्डौ जिल्ला अदालतमा उपस्थित गराईने प्रहरीले जनाएको छ ।
राई रेडियो नेपाल उदयपुर संवाददाता छन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर