Aamsanchar

झापामा एकजना बाहेक सवै महिला उम्मेवार पराजित

Author Image
सोमवार, मंसिर १२, २०७९

मेचीनगर। संविधानले संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको कम्तिमा एक तिहाई महिला हुनुपर्ने भनेको छ । तर, ४ मंसिरमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा झापामा त्यस्तो देखिएन् । ५ प्रतिनिधिसभा र दश प्रदेशसभा निर्वाचन क्षेत्र रहेको झापामा कुल १८ जना महिला उम्मेदवारमात्र चुनावी प्रतिस्पर्धा देखिएका थिए ।

प्रतिनिधिसभामा ८ र प्रदेशसभा सदस्यमा १० गरी जम्मा १८ महिला उममेदवार मात्र रहे पनि एक महिला बाहेक सवै पुरुष उम्मेदवार विजयी भए । प्रदेशसभा सदस्यमा झापा क्षेत्र नम्वर १ को (ख) बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेकी सविना वजगाँई बाहेक अन्य उम्मेदवारले जीत दर्ता सकेनन् ।

एमालेको समर्थनमा चुनावी प्रतिस्पर्धामा मैदान प्रवेश गरेकी बजगाईँले नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, नेकपा माओवादी केन्द्रको गठबन्धनका साझा उम्मेदवार श्यामविर लिम्बुलाई १ हजार ३ सय ८७ मतले पराजित गदैं पहिलो पटक संसद्यात्रा तय गरिन् । सविनाले १३ हजार ६ सय १२ मत प्राप्त गर्दा श्यामविरले १२ हजार २ सय २५ मतमा चित्त बुझाउनु परेको थियो । बजगाईबाहेक बाकी महिला उम्मेदवारको संसद् छिर्ने धोको रोकिएको छ ।

झापाको निर्वाचन क्षेत्रनम्बर १ मा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ३ जना महिला उम्मेदवार भएपनि कसैले पनि चारसय मत पुर्याउन सकेनन् । जनता समाजवादी पार्टी नेपाल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा महिला उम्मेदवार उठाएको थियो भने एकजनाले स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुभएको थियो । यस अघि १ नम्बर प्रदेशमा सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालकोतर्फबाट समानुपातिकबाट प्रदेशसभा सदस्य बन्नु भएकी राधा थापाले यो निर्वाचनमा ३ सय ६३ मत प्राप्त गर्नुएको छ । जस्ले उहाँको दोस्रो पटक संसद् छिर्ने यात्रालाई रोकिदिएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी पदममाया लिम्बुले ३ सय ८६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार केन्द्रकुमारी दाहालले १४ मतभन्दा बढी ल्याउँन सक्नु भएन् । १ को (क) मा जनता समाजवादी पार्टी नेपालबाट मीरा कार्की र मौलिक जरोकिलो पार्टीबाट सीता दुलालको उम्मेदवारी परेको थियो । कार्की र दुलालको धरौटी रकम समेत गुम्यो । कार्कीले ९ सय २४ र दुलालले ३ सय १४ भन्दा बढी मत प्राप्त गर्न सकेनन् ।

झापा क्षेत्र नम्वर १ को (ख) बाट १ नम्बर प्रदेशसभा सदस्यमा निर्वाचित बजगाईँसहित लोकतान्त्रिक समाजवादी पार्टीबाट रमा मेचेको उम्मेदवारी परेको थियो । मेचेले १ सय ८९ मतमा चित्त बुझाउनु पर्यो । पराजित भएका महिला उम्मेदवारले सदर मतको १० प्रतिशत कम प्राप्त गरेपछि उनीहरुको धरौटी रकम समेत गुमेको छ । महिला उम्मेदवारले पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपरेका कारण पनि यस्तो अवस्था आएको हुन सक्ने महिला अधिकारकर्मी कुसुम थापा क्षेत्रीको धारणा छ । उम्मेदवार बनाउँदै उपेक्षामा परेका महिला नेतृ  निर्वाचनमा पराजित हुनु भनेको महिलाप्रति दलहरुको हेर्ने दृष्टिकोण फरक भएको थापाको भनाई छ ।

दलहरूले प्रत्यक्ष र प्रदेशसभामा महिलालाई टिकट दिए पनि महिलालाई कुनै दलहरूले विश्वास नगरेको उहाँको आरोप छ । महिलालाई प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षमा उम्मेदवार नबनाइनु र बनाई पनि पराजित हुनु साह्रै दुःखलाग्दो घटना भएको उहाँको भनाई छ । दलहरुले महिलालाई टिकट दिए पनि पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने र हार्ने ठाउँमा टिकट दिइएको थापाको भनाई छ । दलहरूले समानुपातिक, समावेशी सिद्धान्तको खिल्ली उडाउँदै दलहरूले महिलाको प्रतिनिधित्व बर्सेनि घटाउँदै लैजानु दुर्भाग्यपूर्ण भएको दाबी गर्नुभयो । महिलाको राजनीतिक प्रतिनिधि घट्दै जानु गम्भीर कुरा भएको उहाँको बुझाई छ । महिलालाई हत्तपत्त उम्मेदवार नबनाउने ,उम्मेदवार बनाइहाले हार्ने सम्भावना भएका ठाउँमा बनाउने दलहरूको यो मानसिकता परिवर्तन नभएसम्म महिलालाई नेता बन्न अझै धेरै समय लाग्न सक्ने क्षेत्रीको भनाई छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर