Aamsanchar

भारतले पठायो इन्धनको नयाँ मूल्य सूची

Author Image
आइतवार, पौष १७, २०७९

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ ।

आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य सूची बढेर आएकाे नेपाल आयल निगमले जनाएकाे छ।

निगमका अनुसार पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसालेले बढेर प्राप्त भएको छ ।

मट्टितेलको मूल्य भने प्रतिलिटर केही घटेर आएको निगमले जारी गरेकाे प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर