Aamsanchar

भद्रपुर झापा गोल्डकप सफल पार्ने काठमाडौका झापालीको प्रतिबद्धता

Author Image
शनिवार, पौष ३०, २०७९

भद्रपुर । राजधानी काठमाडौंलाई कर्मथलो बनाएर विभिन्न पेशा, व्यवसायमा रहेका झापालीहरुले झापाको सदरमुकाम भद्रपुरस्थित ऐतिहासिक मेची रंगशालामा आयोजना गर्न लागिएको भद्रपुर झापा गोल्डकपको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग पुर्रयाउने प्रतिबद्धता जनाएका छन् ।

गोल्डकप आयोजनाका लागि सहयोग संकलन गर्न काठमाडौं पुगेको भद्रपुर झापा गोल्डकप आयोजक समितिको टोलीसँग शनिबार औपचारिक रुपमा छलफल गर्दै कोठमाडौंवासी झापालीहरुले दुई दशकपछि मेची रंगशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिता सञ्चालन गर्न लागेकोमा हर्ष प्रकट गर्दै सहयोग गर्न तत्पर रहेको बताएका हुन् ।

गोल्डकपकै सन्दर्भमा शनिबार चावहिलस्थित रिभेरा इन्टरनेशनल एकाडेमीको सभाकक्षमा अन्तरक्रिया आयोजना गरिएको थियो । भद्रपुर झापा गोल्डकपको आयोजनामा गरिएको अन्तरक्रिया कार्यक्रमका लागि वीरेन्द्र एलुम्नाइ एशोसिएशन काठमाडौंले संयोजन, रिभेरा इन्टरनेशनल एकाडेमीले सहजीकरण गरेको थियो भने झापा सरोकार समाज र भद्रपुर सरोकार समाजले सहयोग गरेको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवम् सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकालको प्रमुख आतिथ्यमा आयोजित सो अन्तरक्रियात्मक छलफलमा गोल्डकप आयोजक समितिका अध्यक्ष दिपेश ढकालले गोल्डकपका विभिन्न पक्ष र भइरहेका प्रगति बारे जानकारी गराउँदै गोल्डकप सम्पन्न गर्न ठूलो बजेट आवश्यक पर्ने भएकोले आर्थिकलगायत सबैखाले सहयोग गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल ग्रील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, वीरेन्द्र एलुम्नाइ एशोसिएशनका अध्यक्ष कैलाश न्यौपाने, झापा समाजका अध्यक्ष डा.आनन्द श्रेष्ठ, महासचिव माधव न्यौपाने, काठमाडौं–भद्रपुर सरोकार समाजका अध्यक्ष वेधनिधि निराला, ओमसाई पाथिभरा अस्पतालका अध्यक्ष दिपक पोखरेललगायतले भद्रपुर झापा गोल्डकप काठमाडौंमा बस्ने झापालीहरुको पनि प्रतिष्ठाको विषय भएकोले प्रतियोगिता सफल बनाउने दायित्व काठमाडौंमा बस्ने झापालीहरुको दायित्व भएको उल्लेख गर्दै सहयोग पुर्याउन सहभागीहरुलाई आग्रह गरे ।

वीरेन्द्र एलेम्नाइ एशोसिएशनका सचिव प्रज्वल कोइराराले सञ्चालन गरेको अन्तरक्रियामा प्रमुख अतिथि ढकालले लामो समयपछि मेची रंगशालामा खेलकुदको रौनक आउन लागेको भन्दै यसलाई सबै क्षेत्रबाट सहयोग पुर्याउनुपर्ने बताए ।

सहयोग संकलनका लागि पुस २४ गते काठमाडौं गएको आयोजक समितिको टोलीमा उपाध्यक्ष सडल्लीराम घिमिरे (हिक्मत)। महासचिव जीवनकुमार श्रेष्ठ, सल्लाहकार टिकाराज ढकालसमेतको सहभागिता छ ।

नेपालका ए डिभिजनका क्लवहरु तथा भारत, भूटान तथा क्यामरुनसमेतका चर्चित टिमहरुको सहभागितामा आगामी फागुन ७ गतेदेखि १६ गतेसम्म मेची रंगशालामा भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता आयोजना हुँदैछ । त्यसका लागि मचेी रंगशाको खेलमैदान व्यवस्थित गर्ने र रंगशालामा रंगरोगन गर्ने कार्य भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर