Aamsanchar

झापा मेचीनगर उपप्रमुख उप्रेतीलाई माईतीको सम्मान

Author Image
आइतवार, माघ ८, २०७९

मेचीनगर । झापा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीलाई आइतबार मोरङमा सम्मान गरिएको छ । मोरङको बेलवारीस्थित पर्यटकीय स्थल वेतना सिमसारक्षेत्रमा भोजपुर याकु पोखरेल प्रतिष्ठान नेपाल विराटनगर—१३ ले नगर उपप्रमुख उप्रेतीले राजनीतिक्षेत्रमार्फत निर्वाचित जनप्रतिनिधिकारुपमा समाजमा पुर्याएको योगदानको उच्च मुल्याङ्कनगर्दै उक्त कर्मको कदर स्वरुप प्रतिष्ठानको दोस्रो साधारणसभाका अवसरमा सम्मान गरिएको हो ।

प्रतिष्ठानका संस्थापक सदस्य एवम् कार्यक्रमका प्रमुख अतिथि चन्द्रप्रसाद पोखरेल, वरिष्ठ सल्लाहकार डाक्टर उद्घवप्रसाद पोखरेलले दोसल्ला पहिर्याएर सम्मान पत्र प्रदान गर्नुभएको थियो । सोहि अवसरमा उपप्रमुख उप्रेतीसहित विभिन्नक्षेत्रमा उल्लेखिय योग्दान पुर्याउने पोखरेल परिवारका अन्य चारजना सहित १७ जना पोखरेल परिवारका ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । शिक्षा, स्वास्थ्य, राजनीतिक र समाजसेवामा उल्लेखनिय योगदान गर्नैहरुलाई सम्मान गरिएको हो ।

शिक्षाका क्षेत्रमा उल्लेखिय योगदान गर्नुहुने डाक्टर उद्घवप्रसाद पोखरेल, स्वास्थ्यकाक्षेत्रमा क्रियाशील डाक्टर भेषराज पोखरेल, डाक्टर शशांकराज पोखरेललाई सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

पोखरेल बंशवाली लेख्न र भोजपुर याकु, झापा, मोरङ, सुनसरीलगायतका पोखरेललाई एकठाउँमा उभियाउन सफल भएको भन्दैं तथा शिक्षाकाक्षेत्रमा पुर्याएको योगदानको कदर गदैं डाक्टर उद्घवप्रसाद पोखरेललाई सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दैं उपप्रमुख उप्रेतीले यो सम्मानले आफू निक्कै गौरावन्ति भएको र यो सम्मानलाई शिरमा राखेर अझ सकरात्मक र रचनात्मक काममा जुट्ने प्रतिवद्घता व्यक्त गर्नुभएको थियो । उहाँले ज्येष्ठ नागरिक बोझ नभई हाम्रो बुद्धिका स्रोत भएको बताउादैं प्रतिष्ठानले ज्येष्ठ सदस्यलाई समेत सम्मान गरेर र उहाँहरुलाई सम्झेर ठुलो गुन लगाएको विचार राख्नुभयो । उपप्रमुख उप्रेतीले मानव जीवनको उत्तराद्र्धमा पुगेका ज्येष्ठ नागरिकको दैनिकी सहज र सुखद बनाउनु परिवार र राज्यको जिम्मेवारी रहेको स्पष्ट पार्नुभयो । समाजमा स्वच्छ वातावरण, सरल व्यवहार, राम्रो सामाजिक सद्भाव एवम् सौहार्दता र मर्यादित आचरण तथा अनुशासित जीवन जिउने संस्कारको सुनिश्चितता आजको आवश्यकता रहेको उहाँको भनाई थियो ।

डाक्टर पोखरेलले ज्येष्ठ नागरिकको अनुभवलाई राष्ट्रिय पूँजीका रूपमा विकास गनुपर्नेमा जोड दिदैँ विकास–निर्माणमा आइपर्ने जोखिम र अवरोधहरूलाई ज्येष्ठ नागरिकले विगतमा प्रत्यक्ष भोगेका र समाधानमा अपनाएका ज्ञान, सीप र दक्षताको प्रयोगबाट सहज रूपमा समाधान खोज्न टेवा पुग्ने र जसबाट समय र लगानीको बचत गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । ज्येष्ठ नागरिकको उमेरगत शारीरिक तथा मानसिक शिथिलता र कमजोरीका कारण रोग प्रतिरोधात्मक क्षमता स्वभावैले कमी हुन्छ । रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आएका कारण विभिन्न रोगको औषधोपचार गरिराखेका वृद्धवृद्धाको जीवन सुरक्षाका लागि सरकार र सरोकार पक्षले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

वृद्ध अवस्थामा विभिन्न किसिमका शारीरिक, मानसिक, आर्थिक, सामाजिक खालका समस्याहरू रहन्छन् नै । रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वस्थकर आहारविहारका साथै हौसला र उत्साहले पनि अहम् भूमिका खेल्ने तथ्य रोग जितेर सामान्य जीवनमा फर्केका व्यक्तिको अनुभव रहेको उहाँको भनाई छ । उहाँले एकता नै बल भएकाले देशभरिका पोखरेल बन्धुहरु एक आपसमा नफुटी जुटेर अघि बढ्नुपर्ने विचार राख्नुभयो । आगामी दिनमा प्रतिष्ठानलाई अझ बृहद बनाएर लैजाने उहाँले उदघोष गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष इश्वरीप्रसाद पोखरेलले कार्यक्रमको अध्यक्षता गर्दै प्रतिष्ठानको विगत, वर्तमान र भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिष्ठानका सल्लाहकार एवम् जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल र सचिव गणेशप्रसाख पोखरेलले संयुक्तरुपमा सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी सवैलाई यज्ञप्रसाद पोखरेलले स्वागत र अधिवक्ता दुर्गाप्रसाद पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो । गर्नुभएको थियो । कार्यक्रममा विभिन्न प्रतियोगितात्मक खेलकुद र मनोरञ्जनहरु प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर