Aamsanchar

सिद्धार्थनगरमा गुट्खा जन्य वस्तु बिक्रीमा प्रतिबन्ध, निर्णय कार्यान्वयन गर्न सुरु 

Author Image
मङ्गलवार, माघ १०, २०७९

भैरहवा । सिद्धार्थनगर नगरपलिकाले नगर क्षेत्र भित्र गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने गरेको निर्णयको कार्यान्वयन गर्न सुरु गरेको छ।

नगर कार्यपालिकाको बैठकले गुट्खा प्रकृतिका सूर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यमा समेत प्रतिकुल असर परिरहेको निश्कर्ष निकाल्दै गुट्खा प्रकृतिका सूर्तिजन्य प्रदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।

सोपश्चात् कार्यालयले पौष ४ गते गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको बिक्री वितरण नगर्नका लागि ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो।

समयावधी पश्चात पनि नगर क्षेत्रमा गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थ बिक्री वितरण नरोकिएपछि निर्णय कार्यान्वयन तर्फ लागिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बताए।

‘सिद्धार्थनगरलाई ‘क्लिन’, ‘ग्रीन’ र ‘इको फ्रेन्डली सिटी’ बनाउनु हाम्रो उद्देश्य हो’ उनले भने, ‘त्यसै अनरूप गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो।’

निर्णय कार्यान्वयनको क्रममा नगरमा बिक्री वितरण भइरहेको गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थ जफत गरी सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय, जनप्रतिनिधिसमेत रोहवरमा नष्ट गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर