Aamsanchar

झापाको छुट्टाछुट्टै स्थानबाट भन्सार छलीकाे सामान बरामद

Author Image
मङ्गलवार, माघ १७, २०७९

झापा-झापाको छुट्टाछुट्टै स्थानहरुबाट अवैधरुपमा भन्सार छली चोरी निकासी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा रेडिमेड कुर्था सुरुवाल र बिभिन्न प्रकारका किरानाका सामानहरु प्रहरीले बरामद गरेको छ । हिजो जिल्ला प्रहरी कार्यालय झापा अन्तरगत रहेको ईलाकाहरुबाट सिमावर्ति क्षेत्रहरुमा परिचालित प्रहरी टोलीले अवैध सामानहरु बरामद गरेको हो । बरामद गरिएका अन्दाजी २ लाख ३५ हजार बराबरको सामानहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)

सम्बन्धित खबर