Aamsanchar

उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि अमेरिकी राजदूत थम्पसन वीच भेटवार्ता

Author Image
बुधवार, माघ १८, २०७९

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग भेट गर्नुभएको छ । उर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयमा आज बुधवार भएको भेटमा उहाँहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो ।
भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले उर्जाको विकास,  प्रसारण र व्यापार आफ्नो प्राथमिकता रहेको उल्लेख गर्दै उर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो  । विगत लामोदेखि अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै राजदूत थोम्पासोनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।

पूर्वाधार, विकासको मेरुदण्ड भएकोले सरकारको प्राथमिकता पनि पूर्वाधार विकासमै रहेकोले त्यसमा सहकार्य गर्न अफुहरु इच्छुक रहेको उपप्रधानमन्त्री लिङ्देनले बताउनुभयो ।
केही सरकारी नीति नियमको कारण विदेशी लगानीमा समस्या आएको देखिए पनि त्यसलाई समय सापेक्ष बनाउदै लगिने उहाँको भनाई थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर