Aamsanchar

होटल द किङ्सबरीमा क्यासिनो सञ्चालन, बिर्तामोडको व्यवसायिक क्षेत्रलाई पनि फाइदा 

Author Image
सोमवार, माघ २३, २०७९

बिर्तामोड ।  पर्यटन व्यवसायको क्षेत्रमा झापामा एक गौरवको रुपमा रहेको पाँचतारे होटल द किङ्सबरी प्रा.लि.ले क्यासिनो सञ्चालनमा ल्याएको छ ।

२५ करोडको लगानी रहेको क्यासिनो ५ सय खेलाडी क्षमताको रहेको छ । होटलले पहिलो चरणमा  क्यासिनो सञ्चालनमा ल्याएको हो । केही महिना पछि नेपालकै ठुलो १ हजार खेलाडीहरूले एकैसाथ खेल्न सकिने गरिको  क्यासिनो सञ्चालनको तयारी भइरहेको होटलका सञ्चालक प्रकाश गौतमले बताए ।

क्यासिनोका विभिन्न नामहरू रहेका छन् । किंङ्सबरीमा सुरु भएको क्यासिनो भने नयाँ नाम हो । सेभेन हर्स नाम दिइएको क्यासिनोको लगानी व्यवसायी मनिषा सुवेदीको रहेको छ ।

क्यासिनोको व्यवस्थापकीय जिम्मा भने भारतीय व्यवसायीहरूले लिएका छन् । नयाँ क्यासिनो सेभेन हर्समा एसियाका चर्चित खेलाडीहरू आउन थालेको सेभेन हर्सका एक कर्मचारीले बताए ।

क्यासिनो सञ्चालन भएपछि विदेशी पर्यटक तथा क्यासिनो  खेलाडीहरूको चहलपहल बिर्तामोडमा देखिन थालेको छ । दैनिक ५ सय को हाराहारीमा भारत लगायत देशका पर्यटक हरु होटलमा आउन थालेको होटलका व्यवस्थापक विश्वदेव शर्माले जानकारी दिए । क्यासिनो खुले सँगै हाल २५६ जनाले रोजगारी पाएका छन् भने अर्को क्यासिनो सञ्चालनमा आउँदा थप ५०० जनाले रोजगारी पाउने शर्माले बताए । 

यस्तै धुलाबारी स्थित होटल मेचीक्राउनमा सञ्चालनमा रहेको क्यासिनोको कारण धुलाबारी बजार  व्यवसायिक रुपमा चलायमान बन्न थालेको स्थानीय व्यवसायी पुजन खवासले बताए ।

 बिर्तामोडको होटल द किङ्सबरीमा क्यासिनो सञ्चालनले बिर्तामोडको बजारलाई पनि फाइदा पुग्ने देखिन्छ । बिर्तामोड नयाँ आधुनिक शहर तर्फ उन्मुख हुँदै गरेको सहर भएकाले  बिर्तामोडमै क्यासिनो सञ्चालनमा आउनु  बिर्तामोडको व्यवसायिक क्षेत्रका लागि सुखद कुरा हो ।   

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
16
+1
5
+1
7
+1
2
+1
2
+1
1
+1
1
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर