Aamsanchar

दुर्गापुरमा आयोजित धार्मिक अनुष्ठानमा लक्ष्यभन्दा धेरै आर्थिक दान प्राप्त 

Author Image
मङ्गलवार, चैत २१, २०७९

दुर्गापुर । झापाको कनकाई नगरपालिका १ दुर्गापुरमा  आयोजित नौ दिवसीय श्रीमददेवीभागवत महापुराणको आयव्यय सार्वजनिक गरिएको छ ।

श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत ८ देखि १६ गते सम्म आयोजना गरिएको महायज्ञको आम्दानी खर्च आज पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गरिएको हो ।

महायज्ञमा कुल आय २१ लाख  ४९ हजार र व्यय तर्फ ७ लाख ६५ हजार ९२५ रहेको जसमा ९ लाख ३५ ८५० बैंक जम्मा गरिएको र १५ हजार २० रुपैयाँ समितिमा रहेको जसमा दाताहरूले प्रतिवद्धता गरेको प्राप्त हुन बाँकी ४ लाख ३२ हजार २७८ रुपैयाँ सहित रहेको महायज्ञ मूल आयोजक समिति आर्थिक संयोजक मनोजकुमार पोखरेलले जानकारी दिए ।

आर्थिक हिसाबले दैनिक मन्दिर सञ्चालन गर्न कठिनाइ भोग्दै आएको मन्दिर समितिले अनुष्ठान आयोजना गरेर अक्षय कोष वृद्धि गर्ने उद्देश्य राखेर आयोजना गरिएको धार्मिक अनुष्ठानबाट संकलित रकमबाट अक्षय कोषको रकम १५ पुर्याइए छ । यस अघि अक्षय कोषमा ६ लाख ५५ हजार रहेको थियो । यस पटको अनुष्ठानमा अक्षयकोषमा ६ लाख थप गर्ने लक्ष्य रहेको थियो तर धार्मिक, सामाजिक व्यक्तित्व हरुको सदभाव र सहयोगका कारण ९ लाख रुपैयाँ वृद्धि गर्न सकिएको अनुष्ठान आयोजक मूल समिति संयोजक सरला दाहाल पोखरेलले बताइन् ।

मन्दिर समितिले सामुदायिक भवन निर्माणको योजना पनि अघि सारेको छ । यस अघि मन्दिर सञ्चालनार्थ  दक्षिण तर्फ व्यवसायिक  भवन सटर बनाउन स्थानीय समाजसेवीहरू गणेशप्रसाद पोखरेल, कुमुदिनी पोखरेल र मोहन पोखरेलले उक एक वटा सटर निर्माण गरिदिने घोषणा भएको थियो । तर सडक क्षेत्रमा पर्ने हो की भनेर तत्काल समितिले निर्माण कार्य अघि बढाउन सकेको थिएन, हाल मन्दिरको उत्तर तर्फ सामुदायिक भवन निर्माण गर्ने योजना बने पछि हाल दिवंगत भइसकेका दाता गणेशप्रसाद का छोरा राजेन्द्रकुमार पोखरेल, कुमुदिनीका छोरा कुमारमणी पोखरेल र दाता मोहनप्रसाद पोखरेलले दुईदुई लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता प्राप्त भएको मन्दिर समिति अध्यक्ष  दुर्गाप्रसाद निरौलाले बताए । उनले भने ‘अब बनाइने सामुदायिक भवन दुई तलाको हुने र माथिल्लो तलामा ६ कोठा, भुइँतलामा हल निर्माण गरिने योजना रहेको उनले बताए । जसका लागि ८८ लाख रुपैयाँ लाग्ने र भवन निर्माण स्थानीय समाज सेवी कुमारमणी पोखरेलको संयोजकत्वमा भवन निर्माण समिति गठन गरिएको छ ।’

विक्रम सम्वत् २०२६ सालमा स्थापना भएको दुर्गा मन्दिर सो क्षेत्रको एक इतिहास बनेर रहेको छ । दुर्गा मन्दिर भएकै कारणले उक्त स्थानको नाम दुर्गापुर रहन गएको स्थानीय अग्रजहरूको भनाई रहेको छ ।

दुर्गापुर बजार मुख्य राजमार्ग उत्तर रहेको मन्दिर २ कठ्ठा ७ धुर क्षेत्रफलमा फैलिएको छ । उक्त जग्गा स्थानीय समाजसेवी पुष्प पोखरेलले दान दिएका हुन । त्यसैगरी मन्दिरको नाममा प्रजापतिमा १० कठ्ठा जग्गा रहेको छ । उक्त जग्गा समाजसेवी दाजुभाई गणेश पोखरेल र कुमुदिनी पोखरेलले दान दिएका थिए ।

पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन अनुष्ठानका सचिव राम निरौलाले गरेका थिए । आजै अनुष्ठान मुलसमिति विगठन गरिएको छ । 

Views: 835

प्रतिक्रिया (०)

सम्बन्धित खबर