Aamsanchar

गोयल परिवारले बनाइ दिएको १४ वटा घर हस्तान्तरण 

Author Image
आइतवार, वैशाख १०, २०८०

भद्रपुर । झापाको भद्रपुर नगरपालिका ६ मन्त्री चोकमा ओमप्रकाश गोयल कोलोनी मार्ग उद्घाटन तथा विपन्न परिवारका लागि घर हस्तान्तरण गरिएको छ ।

आज (आइतबार)  एक कार्यक्रमका बिच ओमप्रकाश गोयल कोलोनी मार्ग र  आठ  माझी परिवार र ६ राजवंशी परिवार गरि  १४ परिवारलाई घर हस्तान्तरण गरिएको हो ।

झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् समाजसेवी ओमप्रकाश गोयलको स्मृतिमा स्वर्गीय ओमप्रकाशका दाजुभाइ महावीरप्रसाद, दीनबन्धु र राजकुमार गोयल परिवारबाट करिव १ करोडको लगानीमा निर्माण गरिएको घरहरू औपचारिक रुपमा हस्तान्तरण गरिएको हो ।

घर बन्ने सम्म आफ्नो जमिन भएका तर वर्षऔं देखि घर बनाउन नसकेर समस्या झेल्दै आएका साम माझी, राजु माझी, रमेश माझी, फुलकुमारी माझी, भेलासरी राजवंशी, विमला माझी, सरिता राजवंशी, सेवानन्द राजवंशी, रवीन माझी, शर्मिला राजवंशी, लखन माझी, सुमित्रा माझी, निर्मला राजवंशी र प्रमिलहिरण राजवंशीले तिन कोठे शौचालय सहितको घर पाएका छन् ।

विशेष अतिथि भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, घर निर्माण कर्ता दीनबन्धु गोयलले उक्त घरहरू हस्तान्तरण गरेका हुन ।

प्रमुख अतिथि कोशी प्रदेश मुख्य मन्त्री भने उपस्थित भएनन् । कोशी प्रदेशको नाम अस्वीकार गर्दै संघर्ष गर्दै आएको पहिचानवादी दलहरू र त्यसमा नेपाल आदिवासी जनजाति महासङ्घले प्रदेशका सांसद र मन्त्रीहरूलाई सार्वजनिक कार्यक्रममा आउन रोक लगाउने कार्यक्रम अन्तरगत मुख्य मन्त्री हिक्मतकुमार कार्कीलाई कार्यक्रममा आउन अवरोध गरेका थिए ।  पहिचानवादी दलहरूले गरेको अवरोधका कारण मुख्य मन्त्री कार्यक्रममा आउन नसकेका हुन ।

उदघाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा घर पाउने परिवारले दाता दीनबन्धु गोयललाई सम्मान गरेका छन् । त्यसैगरी वडा नम्बर ६ को तर्फबाट वडाध्यक्ष रतिया राजवंशीले पनि गोयललाई सम्मान गरे ।

स्वर्गीय ओमप्रकाश गोयलको प्रतिमा ।

गोयलले घर पाउने हरूलाई घर पाएको पत्र र जनही नगद १० हजार रुपैयाँ पनि उपलब्ध गराए थिए । दाता गोयलले  जेयष्ठ नागरिकहरू बजारु माझी, राजो माझी, विनता राजवंशी, सुमित्रादेवी माझी, मीना माझी र भेलासरी राजवंशीलाई सम्मान गरेका छन् ।

कार्यक्रममा विशेष अतिथि भद्रपुर नगर प्रमुख गणेश पोखरेल, निर्वतमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख राधा कार्कीले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन पत्रकार गोपाल गिरीले गरेका थिए ।

भिडियो हेर्नुहोस ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 14

प्रतिक्रिया (०)