Aamsanchar

मानिसको सुत्ने तरिकाले झल्काउँछ व्यक्तित्व 

Author Image
आइतवार, वैशाख १०, २०८०

धेरैजसो मनोवैज्ञानिकले अचेतन शरीरको भाषाले हाम्रो मानसिक अवस्था र सम्बन्ध बारे जानकारी दिने कुरामा विश्वास गर्छन् । तर सुत्ने बेला हाम्रो शरीरको स्थिती र अवस्थाबाट हामीले के साँच्चै जानकारी पाउन सक्छौं त ?

हुन त हामी सधैं एकै तरिकाले सुत्छौं भन्ने हुँदैन । राती जसरी सुतेका छौं, त्यसरी नै उठ्छौं भन्ने पनि छैन । सुताई व्यक्ति पिच्छे फरक हुनसक्छ । यसले हाम्रो व्यक्तित्व र असुरक्षाका साथै हाम्रो यौन आवश्यकताबारे पनि जानकारी दिन्छ ।

हाम्रो बेड टाइम बडी ल्याङ्वेज निकै रोचक पनि हुन्छ किनभने यसलाई हामीले कसैगरी पनि लुकाउन सक्दैनौं । दिउँसो हामीले आफ्नो मनोभावलाई लुकाउन सक्छौं होला तर राती त्यस्तो गर्न सकिन्नँ ।

बाल्यकालदेखिको असुरक्षाको भावना पनि यतिबेला देख्न सकिन्छ । यहाँ हामी तपाईंको सुत्ने शैली र त्यसले वर्णन गर्ने व्यक्तित्वबारे जानकारी दिन्छौं ।

मुडा जस्तोः

कोल्टो परेर हात खुट्टा तन्काएर सुत्ने पोजिसनलाई मुडाजस्तो भनिन्छ ।

यसले के भन्छ ?

यसरी मुडाजसरी सुत्ने व्यक्तिहरु साधारणतया रिल्याक्स र अरुका लागि सकारात्मक सोच राख्ने किसिमका हुन्छन् । उनीहरु मानिसहरुसँग निकै फ्रेन्डली हुन्छन् र आफू वरिपरि मानिसहरु भएको रुचाउँछन् ।

यद्यपि, यसरी सुत्ने व्यक्तिहरु सजिलै ठगिने पनि हुन्छन् । सहज हुुनु कतिपय अवस्थामा राम्रो हो तर मानिसहरुले आफ्नो फाइदा नउठाउन् भन्नका लागि तपाईंले आफ्नो कुरा खुलेर भन्नै पर्छ ।

सैनिकः

उत्तानो परेर हात खुट्टा तनक्क तन्काएर सुत्ने । यो सुताई ‘अटेन्सन पोजिसन’मा उभिएको जस्तो देखिन्छ ।

यसले के भन्छ ?

सैनिक सुताई भएका व्यक्तिहरु बलियो र मौन बस्ने किसिमका हुन्छन् । उनीहरु धेरैजसो एक्लै बस्न रुचाउँछन् । यस्ता व्यक्तिहरु आफ्नो र अरुको विषयमा निकै गम्भीर तरिकाले सोच्ने गर्छन् ।

स्टारफिसः

उत्तानो परेर हात खुट्टा फैलाएर सुत्ने अथवा सिरानीमा हात राखेर सुत्ने बानी ।

यसले के भन्छ ?

यो सुताईको कम प्रचलित पोजिसन हो । यसरी सुत्न रुचाउनेहरु आत्मविश्वासी हुनुका साथै समुदायमा बस्न रुचाउँछन् तर तर सेन्टर अफ अट्र्याक्सन हुन चाहँदैनन् ।यसरी सुत्ने व्यक्तिहरु राम्रा श्रोता हुन्छन् र साथीभाइ र परिवारलाई आफूले सक्ने जती सहयोग गर्छन् ।

बच्चा झैंः

कोल्टो परेर दुबै घुँडा माथि सारेर सुत्ने पोजिसन । यो सबैभन्दा चर्चित सुताईको पोजिसन हो । बेलायतको स्लिम असेसमेन्ट एण्ड एड्भाइजरी सर्भिसको अनुसन्धानमा ४१ प्रतिशत यसरी सुत्न रुचाउँछन् । विशेषगरी महिला यसरी सुत्न रुचाउँछन् ।

के भन्छ यस्तो सुताईले ?

यसरी सुत्ने मानिसहरु बाहिरबाट हेर्दा जति कठोर देखिएपनि भित्र भने निकै कोमल हुन्छन् । उनीहरु प्राकृतिक रुपमै चिन्ता लिइरहने किसिमका हुन्छन् । यस्ता व्यक्तिहरु निदाउन संघर्ष गर्छन् । यस्ता व्यक्तिहरु सजिलै अरु व्यक्तिसँग घुलमिल हुन सक्दैनन् तर एकपटक विश्वास गरेपछि उनीहरुभन्दा राम्रो साथी अरु कोही हुनसक्दैन ।

स्काई डाइभरः

तपाईं पेट थिचेर सुत्नुहुन्छ, आफ्नो टाउको एकापट्टी फर्काउनुहुन्छ र हात सिरानी मुन्तिर वा टाउकोको साइडमा राख्नुहुन्छ ।

यसले के भन्छ ?

यसरी सुत्ने व्यक्तिहरु खुल्ला विचारका र निकै आत्मविश्वासी हुन्छन् । सिधा तरिकाले आफ्नो कुरा राख्ने यस्ता व्यक्तिहरु कहिलेकाँही क्रुर र असंवेदनशील पनि हुनसक्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर