


झापा – झापाको कनकाई नगरपालिका ३ स्थित श्री हरिकुल नमुना माबीमा अध्ययनरत् विद्यार्थीहरुबीच लोकतान्त्रीक अभ्यास गराइएको छ । विद्यालय प्रशासनको मातहतमा अतिरिक्त शैक्षिक कार्यक्रम सञ्चालनका लागी विद्यार्थीहरुबीच लोकतान्त्रीक अभ्यास (निर्बाचन) गराएर सक्षम नेतृत्व चयन गरिएको अतिरिरिक्त कृयाकलाप कोअडिनेटर सन्दिप मरासिनिले जानकारी दिए । विद्यार्थीहरुबीच लोकतान्त्रीक अभ्यास गराइएर चुनावी प्रक्रिया मार्फत स्कुल क्याप्टेन, स्कुल भाइस क्याप्टेन , हाउस क्याप्टेन, हाउस भाइस क्याप्टेन, चयन गरिएको उनले बताए ।
बिद्यालयमा भएको निर्वाचनले बिद्यार्थीमा सक्षम नेतृत्व चयन गर्ने क्षमता बढेको मरासिनिले बताए । निर्बाचनमा कक्षा ६ देखी १० सम्म बिध्यार्थीलाई सहभागि गराईएको निर्वाचन अधिकृत टामन न्यौपानेले बताए ।

विद्यालयका निर्वाचन अधिकृत टामन न्यौपानेले बिजयी विद्यार्थीलाई शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरेका थिए ।





यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
11
+1
+1
+1
+1
+1
+1
2
Views: 197