Aamsanchar

सुनको मूल्य बढेकाे बढ्यै, आज कति पुग्याे ?

Author Image
बिहिवार, जेठ १८, २०८०

काठमाण्डौ – हिजो भाउ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज फेरि बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

आज तोलामा ५ सय रुपैयाँले बढेर सुन तोलाको एक लाख १२ हजार ५ सय रुपैयाँमा पुगेको हो ।

यो भाउ अहिलेसम्मकै उच्च हो । हिजो सुनको भाउ तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको थियो ।

आज फेरि तोलामा ५ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ अझै बढ्ने सम्भावना रहेको महासंघले जनाएको छ ।

यसअघि गएको वैशाख २१ गते सुनको भाउ तोलामा एक लाख ११ हजार ८ सय रुपैयाँमा पुगेको थियो ।

यस्तै, चाँदीको पनि आज भाउ बढेको छ । आज चाँदी तोलामा एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी हिजो तोलाको एक हजार तीन सय ९५ रुपैयाँ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 333

प्रतिक्रिया (०)

सम्बन्धित खबर