Aamsanchar

ब्रोकर कार्यालयहरुमा शेयर लगानीकर्ताहरुकाे तालाबन्दी

Author Image
आइतवार, जेठ २१, २०८०

काठमाडौं । बजेटबाट प्रस्तावित कर व्यवस्थाप्रति आपत्ति जनाउँदै आन्दोलनमा उत्रिएका शेयर लगानीकर्ताहरुले ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरेका छन् ।

आइतबार देखि ब्रोकर कार्यालयका टीएमएस बन्द गर्ने कार्यक्रम अघि सारेका आन्दोलनकारीहरुले बिहानै विभिन्न ब्रोकर कार्यालयमा पुगेर तालाबन्दी गरेका हुन ।

आन्दोलनकारीहरुले प्रस्तावित नयाँ कर ब्यवस्था संशोधन नगरेसम्म कारोबार हुन नदिने बताएका छन् । यसैबीच धितोपत्र दलाल व्यवसायीहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसनले शेयर लगानीकर्ताहरुको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाध कारोबार गर्ने वातावरण मिलाइदिन माग गरेको छ ।

शेयर लगानीकर्ताहरुले आइतबारदेखि ट्रेडिङ म्यानेजमेन्ट सिस्टम टीएमएस बन्द गर्ने कार्यक्रम अघि सारेको भन्दै ब्रोकर एशोसियसनले निर्वाध कारोबार हुने वातावरण सुनिश्चित गर्न माग गरेको हो । एसोसिएसनले शनिबार विज्ञप्ति जारी गर्दै लगानीकर्ताका विभिन्न समूहहरु ब्रोकर कार्यालयहरुमा गई कार्यालय बन्द गराउँदै हिँडेको र आजदेखि टीएमएस बन्द गर्ने कार्यक्रम आएको भन्दै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएको हो ।

एशोसियसनले लगानीकर्ताको आन्दोलन र धम्कीकाबीच कारोबार गर्न असमर्थन हुने भन्दै तत्काल वार्ताबाट समाधान खोज्न पनि सरोकारवालाहरुसँग माग गरेको छ । आगामी आर्थिक वर्षको बजेटको बुँदा नं. २९ मा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायिक कारोबार गर्नेलाई छुट सम्बन्धी विशेष व्यवस्था आन्तरिक राजस्व विभागको निर्देशन विपरित रहेको लगानीकर्ताको असन्तुष्टि रहेको छ ।

यस्तै, लगानीकर्ताहरुले व्यक्तिगत लगानीकर्ताबाट भुक्तानी हुने ५ प्रतिशत र ७.५ प्रतिशत श्रोतमा कट्टी गरिएको पूँजीगत लाभ कर नै अन्तिम हुनुपर्ने माग पनि उनीहरुको छ । सरकारले विश्वब्यापी अभ्यास विपरित धितोपत्र लगानीकर्ताहरुलाई आयकरको दायरामा राख्न खोजेको आशंका लगानीकर्ताहरुको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर