Aamsanchar

गाउँ छोडेर सहर पसेकाहरूले हेर्नै पर्ने नाटक ‘खरानीको धागो’

Author Image
बुधवार, जेठ २४, २०८०

पहाडमा  एउटा सुन्दर गाउँ थियो, त्यहाँ बाक्लै घरहरू थिए, डाँडा काँडा, खोला खोल्सा, पँधेरो र पाखा पखेराहरू छन् । त्यही सुन्दर गाउँमा गाउँलेहरू मिलेर बसेका थिए । कहिले बालन भजन त कहिले सँगिनी नाच र पञ्चेबाजा अनि जोगीका फेरीहरू बज्ने गर्दथ्यो ।

गाउँका मुखिया, मुखिनी सबैका प्रिय थिए । आदरणीय थिए । त्यहाँका मानिसहरू जन्मिए देखि सोही ठाउँमा मर्न पाइयोस्  भन्ने चाहना राख्दिए । सबैको आस्थाको धरोहर एउटा मन्दिर थियो । त्यो मन्दिर सरकारी गुठीको जमिनमा थियो । बाँकी रहेको उक्त जमिनमा गाउँलेहरूले खेती पाती, गर्ने गरेका थिए ।

परिवेश परिवर्तन हुँदै आधुनिक बन्दै जान थाल्यो, गाउँका युवाहरू परदेश जान थाले, गाउँका मुखिया सहर गएकै वेला बेपत्ता भए । मुखियाको घर शून्य भयो । जेनतेन मुखिनीले गाउँलेहरूको भरोसा बन्दै थिइन ।
मुखिनीका छोरा पनि परदेशीए, त्यसैगरी गाउँका धेरै मानिसहरू विदेशिन थाले, एक पछि अर्को गर्दै गाउँ छोड्नेको संख्या बढ्दै जान थाल्यो । एक दिन मुखिनीका छोरा विदेशमा बेपत्ता भएको खबर आउँछ । खबर सुनेर मुखिनी बेहोस हुन्छिन् र उनको निधन नै हुन्छ । अब मुखियाको घरमा बुहारी फूलमाया मात्र रहन्छिन् उनी पनि भावविह्वल बने पछि बाँकी रहेका गाउँलेहरू एक्लो महसुस गर्न थाल्छन् ।  रहेका गाउँलेहरू पनि गाउँ छोड्न थाल्छन्, गाउँ छोड्ने क्रमले गाउँ सुनसान नै भई सकेको हुन्छ । गाउँलेहरू पलायन हुनुको मुख्य कारण थियो भौतिक विकास । गाउँमा बाटो बनाउन थालियो बाटो बनाउने क्रममा पानीका मुहानहरू सुके, रूखहरू काटिए, जङ्गल उजाड बन्यो, विदेशिएकाहरूले सहर तिरै घर बनाउन थाले परिवारका सदस्यहरू बसाइँ सरेर अनेत्त्रै जानथाले । एक दिन भूमाफियाको नजर त्यो गुठीको जग्गा र गाउँमा पर्यो, ऐलनी जमिन भोगचलन गरेका गाउँलेहरू माफियाहरूको प्रलोभनमा परे, सरकारको सेटिङमै माफियाले चलखेल गरेर  रिसोर्ट बनाउन उक्त जग्गा खरिद गर्न थाल्यो, आफ्नो भोग चलन गरेको जग्गा गाउँलेहरूले पनि बिक्री गरे । अन्तिममा गाउँ समाज विहीन बन्यो यो सबैकुरा लाटोकोसेरोले बताउँछ ।

माथि उल्लेखित कथा हो हिजो (मंगलबार) देखि झापाको बिर्तामोड–१ रामचोक स्थित हिमाल सागर पार्टी प्यालेसमा मञ्चन हुन थालेको थियटर नाटक ‘खरानीको धागोको ।

आर्ट स्टुडियोको आयोजनामा भएको नाटक खरानीको धागो जेठ ३० गते सम्म मञ्चन हुने छ ।

गार्डेन थियटर काठमाडौं, कदम थियटर दमक, परिवर्तन थियटर  काँकडभिट्टा र चुलाचुली रङ्गमञ्चको इलामको सहकार्यमा नाटक खरानीको धागो प्रस्तुत भइरहेको आर्ट स्टुडियोकी अध्यक्ष शान्तादेवी पौडेलले आमसंचारलाई बताइन ।

नाटकको लेखन तथा निर्देशन चे शंकरले गरेका छन् । शंकरकै लेखन र प्रकाश दाहालको निर्देशनमा गत वर्ष बिर्तामोडमा नाटक रुवा सफलता पूर्वक मञ्चन भएको थियो ।

पुरानो भेषभूषा, कला र संस्कृतिको बारेमा उजागर, पौराणिक बस्तु, जीवन शैलीको बारेमा नयाँ पुस्तालाई जानकारी र सन्देश मूलक नाटक रहेको छ खरानीको धागो ।गाउँ छोडेर सहरमा बसाइ सरेका हरूको लागि विगतलाई सम्झाउने र नयाँ पुस्ताले मौलिक कला संस्कृति बारे जानकारी प्राप्त गर्ने छन नाटकबाट ।

नाटकमा शान्तादेवी पौडेल, गोमादेवी बिमली, अम्बिका श्रेष्ठ, पुनम पराजुली, गीता केसी उप्रेती, सुशीला दाहाल, निर्भिक भट्टराई, मनकुमार योङहाङ, सिद्धिका दाहाल, दीपक खरेल, माधवप्रसाद पौड्याल, रुद्र ओली, कृष्णमाया बुढाथोकीको अभिनय रहेको छ । 

नाटक हेरेपछि नाट्य कलाकार प्रकाश दाहालले नाम धेरै उत्कृष्ट रहेको, प्राविधिक पक्षहरू भने सुधार गर्नु पर्ने बताए । त्यस्तै कलाकार अभिषेक धमलाले सरसरती रुपमा बुझ्न केही कठिनाइ भएको छ । विषय बस्तु अत्यन्तै राम्रो छ तर नाटक प्रस्तुतीकरणका केही अन्योल देखिएको ले केही श्रृंखलाहरु परिमार्जन गर्नुपर्ने निर्देशन चे शंकरलाई सुझाव दिएका छन् । त्यस्तै दर्शक सरोज सुवेदीले मञ्च व्यवस्थापनमा केही कमजोरी दिएको र नेपथ्यमा हुने संयोजन गतिविधिहरू अग्रभागमा देखिएको ले पर्दालाई अपारदर्शी बनाउने पर्ने सुझाव दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर