Aamsanchar

भृकुटी खानेपानीको साधारणसभा सम्पन्न

जग्गादाता रिजाल दम्पतीलाई सम्मान

Author Image
शुक्रवार, जेठ २६, २०८०

 

 बाहुनडाँगी ।  मेचीनगर नगरपालिकाका कार्यवहाक नगरप्रमुख मीना पोखरेल उप्रेतीले हरेक नागरिकले शुद्ध र सफा पानी पिउन पाउनु उस्को नैसर्गिक अधिकार रहेको बताउँनुभएको छ ।

शुक्रवार झापाको मेचीनगर( २ मा रहेको भृकुटी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको प्रथम वार्षिक साधारण सभाको उद्घाटन गर्दैँ कार्यवहाक नगरप्रमुख उप्रेतीले उक्त कुरा बताउँनुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका कार्यवहाक प्रमुख उप्रेतीले नेपालको संविधानमा हरेक नागरिकले शुद्ध स्वच्छ र सफा पानी पिउन पाउनु उस्को नैसर्गिक अधिकारको ग्यारेन्टी गरेका कारण पनि स्थानीय सरकार मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीलाई यो अधिकारबाट बञ्चित हुन नदिनका लागि प्रत्येक वडामा खानेपानीको व्यवस्था गरीरहेको स्पष्ट पार्नुभयो ।
पिउने पानी मानिसको जीवनसँग जोडिएका कारण मानव जीवनमा पिउने पानीको महत्व कति हुन्छ भन्ने कुरामा हामी सव‌ैलाई जगजाहेर रहेको उहाँको भनाई थियो । अब चयन हुने नेतृत्व परदर्शी र हरेक उपभोक्ताको समस्या बुझ्ने हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

अध्यक्षको प्रतिवेदनले धेरै कुरा बोलेको भन्दैँ नगरपालिकाक्षेत्रमा साना र ठुला गरी दर्जनौ खानेपानीको योजना रहेको स्पष्ट पार्दैँ काँकडभिट्टा , धुलावारी र चारआली खानेपानीले वर्षेनी करोडौँको कारोवार हुने बताउँनुभयो । नगरका यस्ता आयोजनामा लगानी गर्न स्थानीय सरकार पछि नहट्ने र प्रक्रिया पुर्याएर प्राथमिकताका आधारमा योजनामा लगानी गर्ने उहाँको भनाई छ । यस खानेपानीमा देखिएका समस्या समाधानकालागि स्थानीय सरकार लाग्ने उहाँले प्रतिवद्धतन व्यक्त गर्नुभयो । पानीको गुणस्तरमा ध्यान दिन भन्दैँ पानीबाट हरेक प्रकारका रोग लाग्ने र यसबाट बच्न पनि सफा शुद्ध पिउने पानी उपभोक्ताले पाउनुपर्ने उहाँको भनाई थियो । शुद्ध ,स्वच्छ र सफा पानी हरेक उपभोक्तालाई पुर्याउनु समितिको मुख्य जिम्मेवारी रहेको उहाँको भनाई छ ।
कार्यक्रममा भृकुटी बजारक्षेत्रमा रहेका सामाजिक संघसंस्थाहरूलाई निरन्तर सहयोग गर्दैँ यस संस्थालाई खानेपानी ट्याङ्की निर्माण र स्थलसम्म जाने बाटोका लागि करीब १५ लाख रूपैयाँभन्दा बढिको १ कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुहुने जग्गादाता वासु रिजाल र श्रीमती माया रिजाललाई सम्मान गरियो ।

प्रमुख अतिथि कार्यवहाक नगरप्रमुख उप्रेती, संस्थाका अध्यक्ष दीपक वराललगायतले सम्मान पत्र , दोसल्ला र ढाकाको टोपी पहिर्याउनुभयो । भृकुटीक्षेत्रका आम मानिसलाई सहजरूपमा खानेपानी उपलब्ध गराउन निर्वाह गर्नुभएको भूमिकाको उच्च मुल्यांकन गर्दैँ रिजाल दम्पतीलाई सम्मान गरिएको हो ।

समितिका अध्यक्ष दीपक वरालले कार्यक्रमको सभापतित्व गर्दैँ सञ्चालक समितिकोतर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । ३ पृष्ठ लामो प्रतिवेदनमा संस्थाको विगत, वर्तमानको अवस्था र भावी योजना समेटिएको छ ।संस्थाका कोषाध्यक्ष गंगा शर्मा कफ्लेले आर्थिक वर्ष २०७२/०७३ देखि २०७७/०७८ को ९५ लाख ८४ हजार ६ सय ६४ रूपैयाँ र आर्थिक वर्ष २०७८/ ०७९ देखि २०७९/०८० सम्मको ८५ लाख ९ हजार ४ सय ७० रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाली काँग्रेस मेचीनगर-२ नम्वर वडा समिति सभापति राजु रिजाल, नेकपा एमाले मेचीनगर (२ नम्वर वडा कमिटी अध्यक्ष चन्द्रलाल ढकाल, नेकपा माओवादी केन्द्र मेचीनगर( २ नम्वर वडाका वडाध्यक्ष गोपी रिजाललगायतले बोल्नुभएको थियो ।

सचिव उत्तम सिठुङले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी सवैलाई संस्थाका सदस्य सन्तोष गोलेले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)