Aamsanchar

घैलाडुवा इलाका प्रहरीको नयाँ भवन उद्घाटन, जनशक्ति भने १० जना मात्र 

Author Image
सोमवार, जेठ २९, २०८०

घैलाडुवा । झापाको कनकाई नगरपालिका ९ स्थित घैलाडुवा इलाका प्रहरी कार्यलयको नयाँ भवन उद्घाटन भएको छ ।

आज (सोमबार) एक औपचारिक कार्यक्रम बीच कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र कनकाई नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरेका हुन ।

कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित २ करोड ३३ लाख ११ हजार ३८२ रुपैयाँमा नवनिर्मित कार्यालय, ब्यारेक र मेश भवन निर्माण सम्पन्न भएको हो ।

२०४४ सालमा स्थानीय समाजसेवी  टोपलाल राजवंशी र टिका राजवंशीले दान गरेको ७ कठ्ठा जमिनमा बनेको पुरानो भवन १० वर्षे दन्द्धकाल अवधि २०५९ सालमा विद्रोही पक्ष तात्कालिक माओवादी पार्टीका कार्यकर्ताले आगजनी गरेर भवनमा क्षति पुराएका थिए । त्यसपछि निकै कष्टकर सँग क्षतिग्रस्त भवनमा रहेर प्रहरीले सेवा दिदै आएको थियो ।

दुई वर्ष अघि इलाका प्रहरी कार्यालय भवन निर्माण तथा रेखदेख समिति गठन गरेर निर्माणकार्य थालनी भएको थियो । उक्त समितिमा संयोजक विष्णुप्रसाद चुडाल सदस्यहरू चन्द्रप्रसाद चुडाल, रुद्रबहादुर बोहोरा र जयप्रसाद राजवंशी रहेका थिए । निर्माण सम्पन्न भएको १ वर्ष पछि भवन उद्घाटन भएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायब महानिरीक्षक बास्तोला, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, झापा जिल्ला प्रहरी प्रमुख दुर्गाराज रेग्मीलगायतले मन्तव्य राखेका थिए ।

घैलाडुवा इलाका अन्तरगत करिव १५ किलो मिटर क्षेत्र पर्दछ । बढ्दो जनसंख्या र ग्रामीण क्षेत्र भएकाले प्रहरीलाई त्यहाँ सेवा प्रवाह गर्न निक्कै चुनौती रहेको स्थानीयवासीको भनाई छ ।

घैलाडुवा इलाका प्रहरी सुविधा सम्पन्न विशाल कार्यालय भवनमा रहेर काम गर्ने अवस्थामा आइ पुगेको छ तर स्थानीयका लागि निरास लाग्दो कुरा चै त्यहाँ प्रहरीको संख्या भने १० जनामा सीमित छ । न्यून जनशक्तिले अबको समयमा अपराध न्यूनिकरण गर्न सम्भव छैन ।  घैलाडुवा इलाका प्रहरी कार्यालयमा प्रहरी जनशक्ति थप गर्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।

भिडियो पनि हेर्नुहोस ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर