Aamsanchar

रोटरी क्लब अफ काँकडभिट्टाको पदस्थापन

Author Image
मङ्गलवार, असार १९, २०८०

मेचीनगर ।  अन्तराष्ट्रिय रोटरी क्लब नेपाल भुटान  अन्तरगत रोटरी क्लब अफ काँकडभिट्टाको १४ औैँ पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

मेचीनगर – ८ स्थित होटल मेची क्राउनमा रोटरी क्लबका डिस्ट्रिक्ट गर्भनर नोमिनी विनोद कोइरालाको प्रमुख आतिथ्यमामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि कोइराला र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरूपमा रोटरी थिमको ब्यानर अनावरण गरी विधिवतरूपमा उद्घाटन गर्नुभएको थियो ।

प्रमुख अतिथि कोइराला र असिस्टेन्ट गर्भनर (एजी ) दीपु सन्दिप चापागाईँको उपस्थितिमा  क्लबका निवर्तमान अध्यक्ष सुजन प्रधानले सन् २०२३–२४ का अध्यक्ष इन्जिनियर रुद्र मैनालीलाई क्लबको  चार्टर सर्टिफिकेट, प्रेसिडेन्ट कलर, ग्यवल र गन प्रदान गरी विधिवतरूपमा पद हस्तान्तरण गर्नुभयो ।  त्यस लगत्तै प्रमुख अतिथि  डिस्ट्रिक्ट गर्भनर नोमिनी कोइरालाले नवनिर्वाचित अध्यक्ष इन्जिनियर रुद्र मैनालीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

सपथग्रहण पश्चात सन् २०२३–२४ का अध्यक्ष मैनालीले मिटिङ कल गरी आफ्नो टिमको परिचय गराउँदैँ भावी योजना प्रस्तुत गर्नुभयो । अध्यक्ष मैनालीले आफ्नो कार्यकालका पदाधिकारीहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो । साथै रोटरी क्लबका सदस्यहरूलाई रोटरी पिन प्रदान गर्नुभयो ।

रोटरी क्लब अफ काँकडभिट्टाका सन् २०२३–२४ का अध्यक्ष इन्जिनियर रुद्र मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा सन २०२२–२३ का अध्यक्ष सुजन प्रधानले आफ्नो कार्यकालमा भए गरेका कामको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख अतिथि डिस्ट्रिक्ट गर्भनर नोमिनी विनोद कोइरालाले नवनिर्वाचित सबै पदाधिकारीसहित सदस्यहरूलाई बधाई ज्ञापन गर्दैँ कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो । यो टिमसँग रोटरीले निक्कै आशा लिएको उहाँले स्पष्ट पार्नुभयो । रोटरी निक्कै ठुलो महासागर रहेको भन्दै यसबाट जति लिनुपर्ने हो लिन नसकेको बताउनुभयो ।

यो क्लबमात्र नभएर अन्तर्राष्ट्रिय क्लबको युनिट रहेको स्पष्ट पार्नुभयो । २ सय बढि देशमा रोटरीका सदस्यहरू भएको र रोटरीको सदस्य भएकै कारण विश्वमा रोटरी क्लबमा गर्वका साथ सहभागिता जनाउन सकिने उहाँको भनाई छ । यो संस्था नाफामुखी नभएर सेवामुखी भएको, रोटरीको नेतृत्वमा पुग्ने व्यक्तिले गौरव मान्ने र समाजमा केही गर्ने अवसर पनि मिलेको उहाँको भनाई थियो ।  नेतृत्वमा आइसकेपछि रोटरीका गतिविधि बुझे योजना पुरा नहुने र एकवर्षअघि नै उस्ले रोटरी बुझी सकेको उहाँले बताउनुभयो ।

विशिष्ट अतिथि कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले  सच्चा रोटरीले नेतृत्व विकाससँगै समाजका हरेक क्षेत्रमा जिम्मेवारीपूर्वक कार्य गर्ने बताउनुभयो । रोटरीमा भिन्नरूपमा काम गर्ने अवसर मिल्ने र जिम्मेवारी पुरा गर्दा आनन्द मिल्ने बताउनुभयो ।  रोटरीले दाहिने हातले दिदाँ देब्रे हातले थाहा नपाउने र रोटरीमा लागेपछि दिनै पर्छ भन्ने मान्यता रहेको भन्ने गलत बुझाई रहेको उहाँले स्पष्ट पार्नुभयो । रोटरियनहरू विना शर्त र निस्वार्थरूपमा हरेक दीन दुस्खी को घरमा पुगेर सेवा गरिरहेको बताउनुभयो ।

विशिष्ट अतिथि कोशी प्रदेशसभाका निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले रोटरियनहरूले अब राजनीति दलका नेताहरूलाई धेरै कुरा सिकाउनु पर्ने र राजनीति दलका नेताहरूले धेरै कुरा सिक्न बाँकी रहेको विचार राख्नुभयो । रोटरीले समाजमा केही गर्नुपर्छ भन्ने सन्देश दिएको बताउनुभयो । रोटरीलाई संघीय , प्रदेश र स्थानीय सरकारले साथ सहयोग गर्नुपर्ने बताउँदै आफ्नोतर्फबाट सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले रोटरीले स्वास्थ्य शिक्षा लगायत समाजका विभिन्न क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्नुभयो ।  कोभिड महामारीका बखत यसको नियन्त्रण र रोकथाममा रोटरीले निर्वाह गरेको भूमिकाको चर्चा गदैँ रोटरीबाट नेपालका विभिन्न राजनीति दलहरूले थुप्रै कुराको अनुशरण गर्नुपर्ने बताउनुभयो ।

कोभिडका समयमा नाकामा बसेर कोभिडबाट हुने क्षति कम गर्न गरेको भूमिकाको चर्चा गर्दै क्लबप्रति हार्दिक धन्यवादसहित आभार प्रकट गर्नुभयो । अक्सिजन प्लान्ट निर्माणदेखि कोभिडबाट बच्नकालागि आवश्यक सामाग्री समेत वितरण गरी स्थानीय सरकारलाई साथ सहयोग गरेको स्पष्ट पार्नुभयो ।

उहाँले रोटरी क्लब अफ काँकडभिट्टासँग मेचीनगर नगरपालिका साथसाथै हिड्‌न र समन्वय गर्न तयार रहेको र स्थानीय सरकारको हैसियतले गर्ने साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा रोटरी क्लबका असिस्टेन्ट गर्भनर दीपु सन्दिप चापागाँईले रोटरीको थिमको बारेमा  प्रष्ट पार्दैँ  ‘क्रेट हुप ईन द वल्ड’ लाई सार्थक बनाउन अहिले विश्वका रोटरियनहरू लागेको जानकारी गराउनुभयो । रोटरीले अहिले स्वास्थ्य, शिक्षालगायत सामाजिक सेवामा गरिरहेको कामलाई अझ द्रुतगतिमा अघि बढाउने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । रोटरियन जीवन भट्टराईले टोस्ट प्रोपोजल प्रस्तुत गर्नुभएको थियो भने क्लबका प्रेसिडेन्ट नोमिनी उदयकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो ।

रोटरी क्लब अफ काँकडभिट्टाका प्रेसिडेन्ट इलेक्ट डाक्टर आनन्दराज खनालले स्वागत गर्नुभएको भएको थियो भने सञ्चालन क्लबका सचिव भगिरथ राईले गर्नुभएको थियो ।

कार्यक्रममा नेपाली राष्ट्रिय महिला क्रिकेट टिमका कप्तान रुविना क्षेत्रीलाई प्रतिभा सम्मान प्रदान गरियो । नगद, फुलको गुच्छा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिलगायतले सम्मानित व्यक्तित्व क्षेत्रीलाई सम्मान पत्र प्रदान गर्नुभयो । उहाँको व्यक्तित्वका बारेमा रोटरी क्लब अफ काँकडभिट्टाका प्रेसिडेन्ट नोमि नी उदयकुमार श्रेष्ठले प्रष्ट पार्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)

सम्बन्धित खबर