Aamsanchar

बौद्धनाथ स्तूप निर्माणको इतिहास

Author Image
बिहिवार, असार २८, २०८०

फोटो: बिनोद पाण्डे/आमसंचार

काठमाडौं उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठुलो स्तुप हो, बौद्धनाथ स्तुप । राजधानीदेखि झण्डै ८ कि।मि पूर्वमा अवस्थित छ । बौद्धनाथलाई स्वास्ती पनि भनिन्छ । तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलाद्र्ध ३६ मिटर छ ।तिब्बती शरणार्थीहरूको बसोबास रहेको बौद्ध क्षेत्रमा धार्मिक र अन्य कारणले आउने पर्यटकहरूको घुईंचो लाग्ने गर्दछ ।

बौद्धनाथ दक्षिणबाट मुगलको आक्रमण पश्चात १४ औं शताब्दी तिर बनेको थियो। यद्यपि यसको निर्माण सम्बन्धी धेरै रोचक कथाहरू रहेको छ। सन् १९५९ तिब्बत माथि चीनको आक्रमणले गर्दा हजारौं सङ्ख्यामा आएका तिब्बती शरणार्थीहरू नेपाल आए पश्चात बौद्धनाथ स्तूप तिब्बती बुद्ध धर्मको महत्त्वपूर्ण केन्द्र बनेको थियो।

फोटो: बिनोद पाण्डे/आमसंचार

प्रत्येक बाह्र सालमा अर्थात् बौद्ध पात्रो अनुसार हरेक चारा वर्षमा बौद्धनाथ कुण्ड दर्शन मेला लाग्ने परम्परा भएकोले देश विदेशबाट हजारौँको सङ्ख्यामा चैत्य परिसरमा अवस्थित कुण्ड दर्शन गर्न तथा जल निकाल्नका लागि दर्शनार्थीहरूको ठुलो भिड हुने भएकोले बिहान ५ देखि साँझ ५ बजेसम्म प्रवेशद्वार खुला राखिन्छ। यो कुण्ड दर्शन मेला नेपालको हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदायको महान् चाड लोसारको बेला पर्दछ। प्रत्येक १२ वर्षमा एक पटक खुल्ने सो कुण्डको दर्शन गरी घर तथा शरीरमा जल सेचन गरेमा पवित्र भइने र रोगव्याधी नलाग्ने, मानिसले जानी नजानी गरेको पापबाट समेत मुक्ति पाउने र सत्कर्ममा लाग्न प्रेरणा मिल्ने बारे जनविश्वास रहेको छ।

फोटो: बिनोद पाण्डे/आमसंचार

सन् १९७९ मा राष्ट्रसंघको विश्व सम्पदा सूचीमा परेका बौद्धनाथ वि।सं। २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि बौद्धनाथ क्षेत्र विकास समितिको संयोजन, पुरातत्व विभागको प्राविधिक सहयोग, विभिन्न संघसंस्था तथा निकायको आर्थिक सहयोगमा भूकम्पबाट भत्किएको बौद्धनाथ स्तूपको निर्माण कार्य विक्रम संवत् २०७२ मङ्सिरमा शुरु भएको पुनः निर्माण २०७३ कात्तिकमा सम्पन्न भएको थियो । पुनः निर्माण सम्पन्न भएको बौद्धनाथ चैत्यको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । तीन दिनको वैदिक पूजापछि आयोजित समुद्घाटन समारोहमा बौद्धधर्मका रिम्पोछे, विभिन्न धर्मगुरु तथा कूटनीतिक निकायका प्रतिनिधि र उच्चपदस्थ सरकारी अधिकारीहरू उपस्थित भएका थिए। सरकारबाट कुनै आर्थिक लगानी बिना स्थानीय समुदाय र विभिन्न बौद्ध धर्म सम्बन्धी अगुवाहरूको चन्दा लगायत आर्थिक सहयोगबाट उक्त पुनर्निर्माणको काम पूरा भएको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ।

भुकम्पमा भत्किएको अवस्थाको फोटो । श्रोत: गुगल

यस स्तूपको निर्माण आरम्भ ज्यजीमा (कुखुरा गोठाल्नी) देछोग ले गरेका थिए, जसको कथा श्रुतिमुक्ति नामक ग्रन्थ अनुसार यस प्रकार रहेको छ। अप्रमेय असंख्य कल्पको पहिले तथागत अमिताभको सामुन्ने बोधिसत्त्व अवलोकितेश्वरले सम्पूर्ण प्राणीहरू सांसारिक दुःखबाट मुक्त गर्नको लागि प्रणिधान गरी अपरिमाण जगतको उदार गरेर पोटल पर्वतको शिखरमा जानुभई अब कुनै पनि प्राणी मुक्ति गर्नु बाँकी रहेन होला भनि अवलोकन गर्दा छ-गतिमा रहेको प्राणीहरू अझै केहि कामी नभएको देख्नुभएर, अब सांसारिक सगरबाट प्राणीको उदार गर्न नसकिन्ने भयो भनि अश्रु झर्दै ति आँसुको थोपा लाई औलाले लिएर यी दुई थोपा आँसुले पनि प्राणीको हित र मुक्ति गरुन् भनी प्रणिधान गरेअनुसार, त्रयस्त्रिंशदेव लोकमा शक्र देवेन्द्रको दुइजना पुत्रीमा जन्म भए जसको नाम गङ्मागङ्छुङ्मा थिए।

देवेन्द्रको कान्छी पुत्री गङ्छुङ्माले आफ्नो दिदीको फूल चोरेको कारण देवकानुनको उलंघन भएर मनुष्यलोकमा पतन भई काश्यप बुद्धको शासनकालमा नेपालको मगुता नामक क्षेत्रमा एक साधारण कुलमा जन्म लिईन्। धेरै वर्षसम्म कुखुरा गोठाल्नी गरी आफ्नो जीविका चलाउने गर्थिन्। त्यसै समयको दौरानमा चारजना व्यक्तिहरू साथ सम्बन्ध रहन गयो जुन व्यक्तिहरू पछि उनीकै श्रीमान् भए। उनको ति ४ जना श्रीमानहरू मध्ये घोडा गोठालोबाट तजीयिबु, सुंगुर गोठालोबाट फगजीयिबु, कुकुर गोठालोबाट ख्यीजीयिबु र कुखुरा गोठालोबाट ज्यजीयिबु गरी प्रत्येकको १–१ जना छोराहरू जन्म भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 279

प्रतिक्रिया (०)

सम्बन्धित खबर