Aamsanchar

सहारा साकोसलाई ‘उत्कृष्ट लघुउद्यमशीलता विकास पुरस्कार’ प्राप्त

Author Image
मङ्गलवार, साउन ३०, २०८०

काठमाडौं । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था  ‘उत्कृष्ट लघुउद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको छ । लघुवित्त सदस्यहरूमाझ उद्यमशीलता विकासमा उत्कृष्ट काम गरेबापत संस्थालाई  स्वावलम्बन विकास केन्द्रले एक लाख नगद सहित पुरस्कार  तथा सम्मान प्रदान गरेको हो । 

स्वावलम्बन विकास केन्द्रको ३२ औं वार्षिक उत्सवको असरमा आइतबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रमाणपत्र सहित पुरस्कार प्रदान गरे । 

एक लाख ६३ हजार भन्दा बढी सदस्य रहेको सहारा नेपाल साकोसमा २०८० असार मसान्तसम्म १ अर्ब ६३ करोड १४ लाख ५२ हजार एक सय रुपैयाँ शेयर पुँजी र १ अर्ब ११ करोड २१ लाख ६६ हजार ८४० रुपैयाँ जगेडा कोष छ । 

१० अर्ब ९७ करोड ९० लाख ४७ हजार २०१ रुपैयाँ बचत संकलन तथा ११ अर्ब २० करोड ५५ लाख ७७ हजार ५२५ रुपैयाँ लगानी गरेको संस्थाले वित्तीय सेवाका अतिरिक्त शिक्षा, स्वास्थ्य, विपन्न परिवारको आवास निर्माण, उद्यमशीलता विकासलगायतका क्षेत्रहरूमा पनि काम गरिरहेको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
1
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर