Aamsanchar

क्यानडामा ‘वानर सेना’ प्रर्दशन, दर्शक र निर्माण पक्ष उत्साहित 

Author Image
आइतवार, भदौ ३, २०८०

आगामी असोज २६ गतेबाट नेपालका विभिन्न हलहरूमा प्रदर्शन हुने निश्चित भएको नेपाली सिनेमा ‘वानर सेना’ लाई क्यानडामा विशेष प्रर्दशन गरिएको छ । हिजो र आज सिनेमा प्रर्दशनी गरिएको हो ।
दुई दिन नै हल हाउस फुल भएपछि सिनेमाका निर्माता युवराज गिरी चलचित्र राम्रो भएको र नेपालमा पनि दर्शकले चलचित्रलाई माया गर्ने र ‘वानर सेना’ नेपाली सिनेमा क्षेत्रको एक कोशेढुङ्गा चलचित्र बन्नेमा आफू ढुक्क बनेको बताए ।

क्यानडाका दर्शकहरूले सिनेमा हेरेपछि उत्साहजनक प्रतिक्रिया दिएका छन् । समय सान्दर्भिक, पौराणिक कथालाई वर्तमान परिवेशमा ढाल्न सक्नु ‘वानर सेना’ को प्रमुख पक्ष हो ।   मौलिकता सँगै आधुनिक विषय बस्तु समेटिनु अनि चलचित्र हेर्दा धेरैलाई आफ्नो बाल्यकालको दिनचर्या क्रियाकलापको सम्झना ल्याएको दर्शकहरूले प्रतिक्रिया व्यक्त गरेका छन् । एक्सन, नेपाली परिवेशको सिनेमाले क्यानडाका नेपालीहरूलाई भरपुर मनोरञ्जन प्राप्त गरेपछि दर्शकहरू उत्साहित बनेर हलमा सिटी बजार ‘वानर सेना’ को वाहीवाही गरेको चलचित्रका निर्देशक अर्पण गिरी (अरमान जंग) ले आमसंचारलाई बताए ।

क्यानडाको विनिपेग फिल्म ग्रुप थिएटरमा सिनेमाको विशेष शो  आयोजना भएको थियो ।  गिरी ग्रान्ड फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमामा निर्देशक अर्पण गिरी (अरमान जंग), आरजु प्रसाईँ, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला बिष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बालकलाकार मास्टर अमित पौडेल र विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बाँस्कोटाले अभिनय गरेका छन् ।

सिनेमामा विनोद सापकोटाको छायांकन, रवि केसीको मेकअप, जोन तामाङ र निर्देशक अर्पण गिरीको संगीत, निर्देशक गिरीको गीत लेखन, प्रवीन ढकालको कलर, नारायण रिजालको कोरियोग्राफी, शंकर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन, सत्यम् राणा र श्रीकृष्ण श्रेष्ठको भिएफएक्स र बन्दे प्रसादको सम्पादन रहेको छ ।

यही सिनेमाबाट अपर्ण गिरी (अरमान जंग) ले निर्देशनमा डेव्यु गरेका छन् ।  सिनेमाको कथा, पटकथा तथा संवाद पनि स्वयं निर्देशक गिरीले नै लेखेका हुन् । युवराज गिरीको लगानी रहेको सिनेमालाई करण श्रेष्ठ क्रेजीका रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्ने भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
4
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर