Aamsanchar

साना सवारी लिएर चारपाने आउनु हुदैछ ! अगाडी तारको पासो हुनसक्छ !

Author Image
सोमवार, भदौ ४, २०८०

चारपाने । झापाको बिर्तामोड–२, चारपाने चोकमा विगत एक वर्ष देखि टेलिफोन, इन्टरनेटको तार पटक पटक पासो बन्ने गरेको छ ।  हाल सम्ममा दर्जनौं ठूला मालवाहक, मोटरसाइकल, अटोरिक्सा लगायतका सवारी साधनहरू पासोमा परिसकेका छन् ।

पछिल्लो घटना हिजो आइतबार साँझ पश्चिमबाट पूर्व आउँदै गरेको मोटरसाइकल तारको पासोमा पर्दा मोटरसाइकलमा सवार दुईजना घाईते भएका छन् ।  ‘लत्रिएको तारको पासोमा परेर कयौं मोटरसाइकलहरू पल्टिंदा सडकमा चालकहरु रक्ताम्मे हुनुपरेको र सवारी साधनमा पुगेको क्षति को पीडा इन्टरनेट कम्पनी, स्थानीय नागरिक समाज, जनप्रतिनिधि र प्रहरीले महसुस गर्नु नपर्दा दिगो रुपमा समस्या समाधान हुन सकेको छैन’ पिँडा भोगेका एक अटो चालक सुरवीर कार्कीले गुनासो गर्दै आमसंचारकर्मीलाई सुनाए ।

भाग्यले अहिले सम्म कसैको मृत्युु भएको छैन । जब सम्म कसैको दुखद मृत्यु हुदैन तब सम्म नागरिक समाज, सरोकारवालाहरू तार व्यवस्थापन गराउन तर्फ अग्रसर हुदैन भन्दै एक यात्रुले चिन्ता व्यक्त गरेका छन् ।

चारपाने चोकको चौबाटोमा टाङ्गिएका टेलिफोन इन्टरनेटको तार मुख्य सडकमा लुईने गरि टाँगिने गरेको छ । ओभर लोड बोकेको ट्रकले ति तारहरू चुटाई दिन्छ चुँडिएका र लत्रिएका तारहरू साना सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको लागि पासो बन्ने गरेको स्थानीय नारायण राजवंशीले बताए ।

टेलिफोन इन्टरनेटको तारकै कारण धेरै पटक ट्रकले चुटाई दिदा विजुलीको पोल र ट्रान्सफर्मरमा आगलागी भएको घटना छ ।  एक पटक मात्र होइन पटक पटक यस्तो तार चुँडिने समस्या दोहोरिने गर्छ, पुनः तार टागिन्छ, फेरी पहिलेकै जस्तो लुइने गरि टाँगिएको हुन्छु, ट्रकले फेरी चुटाई हाल्छ । त्यतिमात्र होइन चुँडिएका तार हरूलाई सम्बन्धित पक्षले व्यवस्थापन नगरी भुइया छोडिदिने गर्नाले दुर्घटना धेरै हुनेगरेको छ । तारकै कारण चोकको सौर्दयतामा पनि रास ल्याएको स्थानीय व्यवसायी शिवराज तिम्सिनाले बताए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर