Aamsanchar

काँकरभित्ता र भैरहवा नाकाबाट ३० मेट्रिक टन गोलभेंडा भारत निर्यात

Author Image
सोमवार, भदौ ४, २०८०

झापा – नेपालबाट ३० मेट्रिक टन गोलभेंडा भारत निर्यात भएको छ। गत साउन २८ गतेसम्ममा काँकरभित्ताबाट र भैरहवा नाकाबाट गरेर करिब  ३०  मेट्रिक टन  गोलभेंडा निर्यात भएको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा गोलभेंडा निर्यात सुरु भएपछिको यो ३ नाकाको तथ्यांक हो।

भारतमा गोलभेंडाको अभाव भएकाले नेपालबाट समेत माग भएको हो। यद्यपि मागका आधारमा आपूर्ति कम हुँदा गोलभेंडाको मूल्य अधिक छ। यसअघि भारतले गोलभेंडालाई औपचारिक रूपमा निर्यात गरेको थिएन। तर अहिले यसको गुणस्तर मापन गर्न क्वारेन्टाइनको व्यवस्था समेत गरेर नेपालबाट गोलभेंडा खरिद गरिरहेको छ। यो भन्सार नाकाबाट गएको तथ्यांक मात्रै हो यसबाहेक पनि निकासी भएको अनुमान गरिन्छ।

यसअघि नेपालबाट गोलभेंडासँगै  हरियो मटरकोसा, हरियो खुर्सानी लगायत तरकारी बालीलाई भारतको प्लान्ट क्वारेन्टाइन अर्डर सूचीमा समावेश गरी निकासलाई सहजीकरण गर्न नेपालबाट पटक पटक अनुरोध गर्दै आएको मन्त्रालयको भनाइ छ।

तर हाल भारतले शर्तसहित केही निश्चित समयलाई आयात खुला गरेको छ। मन्त्रालयका अनुसार यसलाई निरन्तरता दिन थप पहल हुन सकेमा व्यापार घाटा कम हुने तथा बजार विस्तार हुने हुँदा कृषकले समेत राम्रो मूल्य पाउने सम्भावना रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर
बढ्यो शेयर बजार परिसूचक नेप्से
मङ्गलवार, कार्तिक ६, २०८१
सुनको भाउ फेरि बढ्याे
मङ्गलवार, कार्तिक ६, २०८१