Aamsanchar

ताप्लेजुङमा आँखा पाक्ने रोग अझै नियन्त्रमा आएन

Author Image
सोमवार, भदौ ४, २०८०

ताप्लेजुङ – ताप्लेजुङ जिल्लामा आँखा पाक्ने रोग नियन्त्रमा आउनुको साटो अझै फैलन थालेको छ ।

जिल्लामा रोगको संक्रमण भएको तीन हप्ता भए पनि अझै नियन्त्रमा नआएको हो ।

जिल्लाका विभिन्न विद्यालयहरुमा दैनिक दर्जनौँ बालबालिका आँखा पाक्ने रोग लागेर विद्यालय आउन छाडेका छन् ।

फुङलिङको डिचेन डोङगला आँखा उपचार केन्द्रमा दैनिक झण्डै २५ देखि ३० जना आँखाका बिरामी आउने गरेकोमा अहिले ७५ देखि ८० जनासम्म बिरामी आउने गरेका छन् ।

आँखा पाक्ने रोग लाग्नु भन्दा अगाडि दैनिक आउने बिरामीको तुलनामा अहिले तीन गुणा बिरामी बढेको आँखा उपचार केन्द्रका काजीमान थेवेले बताउनुभयो ।

सोमवार ६० जना बिरामीमध्ये ४५ जना आँखा पाक्ने रोगका बिरामी  रहेको थेवेले बताउनुभयो ।

साउन १८ गतेदेखि देखिएको आँखा पाक्ने रोगको समस्या अहिले झन जिल्लाभर फैलिएको छ । रोग नियन्त्रमा आउनुको साटो अहिले झनै फैलिएको छ ।

जिल्लाको भानुजन माध्यमिक विद्यालयमा आइतवार १२ जनामा आँखाको संक्रमण देखिएकोमा सोमवार २५ जनामा संक्रमण देखिएको छ ।

अहिले जिल्लाका सबै जसो विद्यालयहरुमा आँखा पाक्ने रोग लागेर बालबालिकाहरु बिरामी परेका छन् ।

आँखा उपचार केन्द्रमा बालबालिका र उनीहरुकै अभिभावकहरु धेरै आउने गरेको पनि आँखा उपचार केन्द्रका थेवेले बताउनु भयो ।

लिटलबुद्ध आवासीय माविमा पनि आँखाका बिरामी उत्तिकै देखिएको विद्यालयले जानकारी दिएको छ।

आँखा रोग नियन्त्रणमा आउने सट्टा अझै बढेको डिचेन डोङ्ला आँखा उपचार केन्द्रले जनाएको छ ।

आँखा उपचार केन्द्रका अनुसार २० दिनको अवधिमा सदरमुकाम फुङलिङमा एक हजार जनाको उपचार गरिएको छ ।

केन्द्रले साउन १८ देखि भदौ ४ गते सम्ममा नौ सय ६५ जनाको उपचार गरेको छ ।

नेत्रज्योति संघले सदरमुकाम बाहिर दोभान बजारबाट पनि सेवा प्रवाह गरिरहेको बताएको छ ।

संघले दैनिक आठ देखि १० जना आँखाका बिरामी आउने गरेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 94

प्रतिक्रिया (०)