Aamsanchar

सुनको मूल्य

Author Image
सोमवार, भदौ ११, २०८०

काठमाण्डौ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय कायम भएको छ ।

पछिल्लो चार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँ कायम छ ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार चार सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर