Aamsanchar

प्रतिसिलिन्डर २०० ले घट्यो ग्यासको मूल्य

Author Image
शुक्रवार, भदौ १५, २०८०

फाइल तस्बिर : रोयटर्स

काठमाडौं – भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी)को मूल्य प्रतिसिलिन्डर २०० भारुले घटाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकबाट रक्षाबन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुरले बताए ।

अब दिल्लीमा खाना पकाउने ग्यास प्रतिसिलिन्डर (१४.२ किलो) ९०३ भारु (करिब ११ अमेरिकी डलर)मा उपलब्ध हुनेछ । यो निर्णयले ३३ करोडभन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ । सिन्ह्वा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर