Aamsanchar

ललितपुरमा लिफ्ट र शौचालयसहितको अपांगतामैत्री आकाशे पुल निर्माण हुने

Author Image
शनिवार, भदौ १६, २०८०

ललितपुर महानगरले कुसन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अपांगतामैत्री आकाशे पुल निर्माण गर्ने भएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले गत आइतबार ललितपुर महानगरलाई पैदलयात्रुका लागि सडक वारपार गर्न आकाशे पुल निर्माणका लागि स्वीकृति दिएसँगै पुल निर्माणको बाटो खुलेको हो।

महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरले निर्माण गर्ने यो पुल उपत्यकाकै पहिलो अपांगतामैत्री पुल हुने दाबी गरे। उनले भने, ‘आकाशे पुल त धेरै छन्, तर ती पुलहरू अपांगतामैत्री, ज्येष्ठ नागरिकमैत्री छैनन्। बिरामी, अशक्तले प्रयोग गर्न सक्ने पुल बनेका छैनन्। यो पुल देशकै नमुना आकाशे पुल हुने उनको दाबी छ।

पूर्वाधार महाशाखा प्रमुख वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले प्राविधिक दृष्टिले कुसुन्तीमा निर्माण हुने पुल अब्बल हुने बताए। उनका अनुसार करिब ४ करोड रुपैयाँबराबरको लागतमा पुल निर्माण हुनेछ। दुई वर्षभित्र निर्माण सम्पन्न हुने इन्जिनियर महर्जनले बताए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 43

प्रतिक्रिया (०)

सम्बन्धित खबर