Aamsanchar

ब्राजिलमा समुद्री आँधीका कारण भीषण वर्षा र बाढी, २२ जनाको मृत्यु

Author Image
बुधवार, भदौ २०, २०८०

काठमाडौं : ब्राजिलको दक्षिणी क्षेत्रमा शक्तिशाली चक्रवात (समुद्री आँधी)का कारण भीषण वर्षा र बाढी आउँदा २२ जनाको मृत्यु भएको छ। सयौँ मानिस विस्थापित भएका छन्।

मंगलबार तटीय क्षेत्रमा ठोक्किएको उक्त आँधीका कारण देशको दक्षिणी राज्य रियो ग्रयाण्ड डो सुल सबैभन्दा बढी प्रभावित भएको छ। उक्त राज्यमा मात्र २१ जनाले ज्यान गुमाएका छन्।

बाढीको पानी घट्दै जाने क्रममा थप शवहरु प्राप्त हुन सक्ने अधिकारीहरुले बताएका छन्। गर्भनर एडुआर्डो लेटेले राज्यका करिब ६० वटा सहर आँधी र बाढीले प्रभावित भएको बताएका छन्।

यस्तै छिमेकी राज्य सान्टा क्याटारिनामा थप एक जनाले ज्यान गुमाएको रोयटर्सले जनाएको छ। यो आँधी जलवायु परिवर्तनका कारण भएको विज्ञको भनाइ छ।

गत जुनमा दक्षिणी ब्राजिलमा आएको समुद्री आँधीका कारण १३ जनाले ज्यान गुमाएका थिए। हजारौं विस्थापित भएका थिए। यस्तै गत फेब्रअरीमा मुसलधारे वर्षा, बाढी र पहिरोमा साउ पाउलो राज्यमा ६५ जनाले ज्यान गुमाएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 65

प्रतिक्रिया (०)

सम्बन्धित खबर