



बंगलादेशमा चीनद्वारा निर्मित पद्या पुल हुँदै बनेको मेगा रेल्वे अर्को महिना उद्घाटन हुने भएको छ। चीनद्वारा निर्मित यात्रुवाहक डिब्बासहितको रेल्वे सेवा नवनिर्मित रेललाइनमा सञ्चालन गरी परीक्षण गरिएको हो।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतको १७२ किलोमिटर लामो रेलमार्ग चाइना रेल्वे ग्रुप लिमिटेड (सिआरइसी) ले निर्माण गरेको हो। यसमा एक्सपोर्ट—इम्पोर्ट बैंक चाइनाको लगानी छ। रेलमा बंगलादेशका रेलमन्त्री नुरुल इस्लाम सुजन, वरिष्ठ अधिकारी, सांसद र पत्रकारहरू सवार थिए।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 63