![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/09/InShot_20230912_164207373.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
दक्षिणी रुसको पर्यटकीय शहर सोचीको ब्ल्याकबाट साइबेरियाको ओम्स्कका लागि चालक दलका छ जना सदस्यसहित एक सय ६७ यात्री बोकेर उडेको रुसको एअरबस ३२० आज मङ्गलवार बिहान साइबेरियाको खेतमा आपत्कालीन अवतरण गरिएको छ ।
रुसी अधिकारीहरूले नोवोसिबिर्स्क क्षेत्रको जङ्गल नजिक रहेकाे एक मैदानमा उरल एअरलाइन्सको एअरबस ३२० विमानलाई चालक दलका सदस्यले आपत्कालीन अवतरण गरेका जनाउँदै विमानमा रहेका सबै जना सकुशल रहेका बताएका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
‘सोची–ओम्स्क रुटमा उडिरहेको उराल एअरलाइन्सको एअरबस ३२० विमानको आपत्कालीन अवतरण सफलतापूर्वक सम्पन्न भयो । सबै यात्रीलाई नजिकैको गाउँमा राखिएको छ । उनीहरूमध्ये कसैलाई पनि चिकित्सा सहायता आवश्यक परेको छैन’, मस्कोको नागरिक उड्डयन निकाय रोजाभिएट्सियाले एक विज्ञप्ति निकालेर भनेको छ ।
रुसको अनुसन्धान समितिले हवाई ट्राफिक सुरक्षा नियम उल्लङ्घन गरेकोमा उरल एअरलाइन्सविरुद्ध आपराधिक मुद्दा दर्ता गरेको छ । समितिका अधिकारीहरूले विमान अवतरण गरिएको ठाउँकाे प्रारम्भिक अनुसन्धान थालिसकेका छन् ।
विमान कम्पनी उरल एअरलाइन्सले भने प्राविधिक समस्याका कारण आपत्कालीन अवतरण गरेको बताएको छ । उरल एअरलाइन्स येकातेरिनबर्ग शहरमा प्रधान कार्यालय रहेको रुसको आन्तरिक विमान सेवा कम्पनी हो ।
युक्रेन युद्धलाई लिएर पश्चिमा राष्ट्रले रुसमाथि लगाएका कठोर प्रतिबन्धका कारण उसको उड्डयन क्षेत्रमा ठूलो असर परेको छ । उड्डयन उद्योगलाई आवश्यक पर्ने उपकरण तथा पुराना विमान मर्मतका गर्न चाहिने नयाँ पार्टपुर्जाको अभावमा मस्कोले नागरिक उड्डयनमा ठूलो समस्या झेलिरहेको छ ।