Aamsanchar

ओसेनिया क्षेत्रीय संयोजकमा पोखरेलको उम्मेदवारी घोषणा

Author Image
बिहिवार, भदौ २८, २०८०

लामो समयदेखि गैर आवासीय नेपाली संघ सँग आबद्धता जनाउँदै हाल अष्ट्रेलिया बस्दै आएका व्यवसायी तथा सामाजिक अभियन्ता दिनेशकुमार पोखरेलले गैर आवासीय नेपाली संघ  ( एन आर एन ए) को ओसेनिया क्षेत्रीय संयोजक पदको लागि उम्मेदवारी घोषणा गरेका छन् ।

झापाको कनकाई नगरपालिका १ दुर्गापुरका स्थायी बासिन्दा पोखरेलले पदमा रहँदा होस् या नरहँदा नै किन नहोस् । गैर आवासीय नेपाली संघ सँग हातेमालो गर्दै सामाजिक अभियानमा आफूलाई आबद्ध गराउँदै नेपाली समाजको हितको पक्षमा गरेको काम र निभाएको कर्तव्य कै कारणले  आफूलाई ओसेनिया क्षेत्रीय संयोजक पदको लागि शुभेच्छुकहरुले योग्य ठान्नेमा पोखरेल विश्वस्त रहेका छन् ।

कदले मात्र होइन, सोच, उद्देश्य, व्यवहार र सामाजिक अभियानमा सक्रियताको पाटोले पनि दिनेश कुमार पोखरेलको उचाइ अग्लो नै रहेको आवासीय नेपालीहरूको भनाई छ ।

पोखरेलले गैर आवासीय नेपाली संघ ( एन आर एन ए) अष्ट्रेलियाको प्रवक्ता सन् २०१३–२०१५, एन आर एन ए अष्ट्रेलिया उपाध्यक्ष र न्यु साउथ वेल्स राज्य संयोजक २०१५–२०१७, नेपाल फेस्टिभल सिड्नी ससंयोजक २०१५ – २०१७, एन आर एन ए सोसियल वेलफेयर फन्ड संयोजक २०१७–२०१९, एन आर एन ए अष्ट्रेलिया सल्लाहकार २०१९–२०२१ को जिम्मेवारी सफलताका साथ पुरा गरिसकेका छन् ।

कर्म थलो अष्ट्रेलिया भएता पनि उनले नेपालसँगै प्रवासमा रहने  नेपालीहरू माझ छोडेको प्रभाव र सामाजिक अभियन्ताको रूपमा गरेका कामहरू प्रसस्त छन् । नेपाली चलचित्र निर्माण र प्रदर्शन मार्फत नेपाली भाषा र संस्कृतिको बारेमा विदेशमा हुर्किरहेका दोस्रो पुस्तालाई अवगत गराउने मामिलामा अगाडि रहेका पोखरेल अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष तथा हाल संरक्षक समेत हुन् ।

एन आर एन ए मार्फत नेपालमा लगानी भित्र्याउन तथा विभिन्न सामाजिक अभियानमा पोखरेलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन । त्यसको एक उदाहरण अन्तर्राष्ट्रिय झापाकी समाज अष्ट्रेलिया ले झापा लगायतका विभिन्न क्षेत्रमा गरेको कामको सफलताका पछाडि  पोखरेलको सँधै रचनात्मक भूमिका रहँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर