Aamsanchar

सुनको मूल्य आज

Author Image
बिहिवार, भदौ २८, २०८०

काठमाडौं –  नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार पनि छापावाल सुन एक लाख ११ हजार २०० रुपैयाँमा नै कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । आज नेपाली बजारमा चाँदी प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ३८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर