Aamsanchar

विराटनगरका महानगर प्रहरीले जसपा अध्यक्ष यादवमाथि दुर्व्यवहार गरेको भन्दै आन्दोलन

Author Image
शुक्रवार, भदौ २९, २०८०

विराटनगर – विराटनगरका महानगर प्रहरीले जनता समाजवादी (जसपा)का अध्यक्ष राजकुमार यादवमाथि दुर्व्यवहार गरेको भन्दै महानगरविरुद्ध जसपा आन्दोलनमा उत्रिएका छ।

यादवमाथि बुधबार महानगर प्रहरीले दुर्व्‍यवहार गरेको थियो। जुन भिडियो अहिले समाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ।

जसपा नेतालाई औषधी पसलबाट लछारपछार पार्दै घिसारेर बाहिर निकालेपछि विराटनगर महानगरपालिकाविरुद्ध पार्टीका कार्यकर्ताले आन्दोलन थालेका हुन्।

जसपाले बिहीबार नै आन्दोलन गर्ने तयारी गरेको भए पनि सो दिन एमाले उपाध्यक्ष सुवास नेम्वाङ शव अन्त्येष्टिका दिन शोक बिदा परेकाले आजदेखि आन्दोलनको घोषणा गरेका हुन्।

महानगरको ज्यादती बन्द गर्, नगर रक्षकको गुण्डागर्दी चल्दैन, दोषी नगर प्रहरीहरूलाई बर्खास्त गर्, महानगर प्रमुखले आफ्नो वचन पूरा गर् भन्ने नारासहित जसपाका नेता तथा कार्यकर्ता यतिबेला महानगर परिसरमा आन्दोलनरत छन्।

अस्पताल चोकमा विराटनगर महानगरले सडकमा सवारी पार्किङ निषेध क्षेत्र तोकिएको स्थानमा बुधबार ९ बजे सिटी सफारी रोकिराखेको अवस्थामा लक लगाइदिएको र साँझ ५ बजेसम्म पनि लक खोलिएको थिएन।

त्यतिकैमा यादव अस्पताल चोकमा रहेको स्नेहा फार्मेसीमा पुगेका थिए। त्यही क्रममा सिटी सफरी चालकले चिनेको भएकाले मोरङका नेता यादवलाई सिटीको लक खोलिदिन आग्रह गरेका थिए। सोही क्रममा नगरप्रहरीलाई लक खुलाउन आग्रह गरेका थिए। तर, केही समयपछि ठूलो टोली भेला भएर पसल घेरेर आफूमाथि हातपात भएको बताउदै उनले सो घटनालाई घोर निन्दा गरेको बताउँछन्।

उनले आफूले कुनै अपराध नगरेको बताउँदै उनले जनताको लागि अवाज उठाउन कहिल्यै पछि नहट्ने बताए। यता, नगर प्रमुख नागेश कोइरालाले वार्तामार्फत समस्याको समाधान खोज्न आन्दोनरत पक्षलाई आग्रह गरेका छन्।

उनले भनेका छन्,‘बसेर छलफल गरौँ म कार्य सम्पादन गर्ने ठाउँमा होला काजगमा सही गर्छु होला तर विराटनगरवासी र मेरोबीचमा कुनै हैसियत छैन हामी सबै बराबर हौँ, विराटनगरवासीलाई त्यही हिसाबले हेर्नुपर्छ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 68

प्रतिक्रिया (०)

सम्बन्धित खबर