Aamsanchar

बिर्तामोड नगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा महेन्द्ररत्नकी छात्रा प्रथम

Author Image
शुक्रवार, भदौ २९, २०८०

बिर्तामोड ।  बिर्तामोड नगरपालिकाले आयोजना गरेको नगर स्तरीय वक्तृत्वकला प्रतियोगितामा निर्जला आचार्य प्रथम भएकी छन् । ५९ औँ राष्ट्रिय वाल दिवसको दिन  आज नगरपालिकाले ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ शीर्षकमा गरेको प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्रा आचार्य प्रथम भएकी हुन। प्रतियोगितामा तक्षशिला स्कुल कक्षा ९ की छात्रा निज्रा मेचे द्वितीय, कोहेड कलेज कक्षा १२ की छात्रा प्रज्ञा ढुंगेल तृतीय र इडेन गार्डेन आवासीय माध्यमिक विद्यालय कक्षा १० की छात्रा प्रनिशा मोहरा सान्त्वना भएका छन् ।

प्रतियोगिताका विजेताहरूले क्रमश पाँच हजार, चार हजार, तीन हजार र एक हजार रुपैयाँ सहित प्रमाण पत्र प्राप्त गरे । बिजेताहरूलाई नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, सामाजिक विकास शाखा प्रमुख यमुना आचार्य, महिला विकास निरीक्षक पुष्पा कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा १९ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकमा मेचीनगरका शिक्षक दामोदर ढुङ्गेल र मिलनकुमार ढुङ्गाना रहेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य सीता ढुङ्गाना, शर्मिला राजवंशी र लक्षिमा खतिवडाको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले सुनिश्चित भविष्य निर्माणको लागि राज्यले शिक्षामा ध्यान दिनु पर्ने बताए । उनले कक्षा १२ उत्तीर्ण हुने बित्तिकै विद्यार्थीहरू उच्च शिक्षाको लागि विदेशिने गरेको भन्दै यो देशका लागि दुर्भाग्य भएको धारणा राखेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)