Aamsanchar

भारतको जयपुरमा सुटकेस भित्र एक नेपाली महिलाको शव फेला, २ जना पक्राउ

Author Image
आइतवार, भदौ ३१, २०८०

जयपुर : भारतको जयपुरमा सुटकेस भित्र एक नेपाली महिलाको शव फेला गरेको छ।  मानव तस्करले ती महिलाको हत्या गरेर फालेको चित्रकुट प्रहरीले जनाएको छ।

 

भारतीय सञ्चारमाध्यम पीटीआइका अनुसार बिहीबार ३ सय फिट गहिरो खोँचमा ३० वर्षीय ती महिलाको शव फेला परेको थियो। लक्ष्मी नाम गरेकी उनलाई ४ महिला अघि दिल्लीबाट त्यहाँ लगिएको बताइएको छ।

चित्रकुट प्रहरीका एसएचओ बलबीर कासवानले ती नेपाली महिलाको एक बच्चा पनि रहेको पत्ता लागेको जानकारी दिएका छन्।  प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय सपना मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन्। दुवै जना पश्चिम बङ्गालका हुन्। सपना वेश्यावृत्तिमा संलग्न गरेको  बताइएको छ। उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाइ छ।​

स्वपनले नै महिलालाई ४ महिनाअघि दिल्लीबाट ल्याएर पहिले होटेलमा राखेको र पछि एउटा फ्ल्याटमा राखेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार केही दिनअघि मृतक र सपनाबीच विवाद भएको थियो। विवादकै क्रममा महिलाको हत्या गरेर उनको शव नाहरगढको पहाडमा गाडिएको अवस्थामा फेला परेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 31

प्रतिक्रिया (०)

सम्बन्धित खबर