Aamsanchar

‘कालो सुन’काे भाउ बढ्यो, उत्पादन घट्यो

Author Image
आइतवार, भदौ ३१, २०८०

झापा : पूर्वी नेपालमा अलैँचीको सिजन सुरु भएको छ। कालो सुन भनेर चिनिने अलैँची टिप्ने सिजन सुरु भएको हो। किसानहरुले अलैँची बजारमा पनि पुर्‍याउन थालेका नेपाल अलैँची व्यवसायी महासंघले जनाएको छ।

यस वर्ष अलैँचीको भाउ बढेको छ। अलैँचीको मूल्य १४ सय ५० देखि १५ सय प्रतिकेजी र प्रतिमन ६० हजार रुपैयाँ छ। तर भाउ बढे पनि यस वर्ष उत्पादन घट्ने अनुमान गरिएको महासंघलका केन्द्रीय सदस्य निर्मल भट्टराईले बताए।

गत वर्ष ८ हजार ५ सय र त्यसको अघिल्लो वर्ष ५ हजार ५ सय मेट्रिकटन उत्पादन भएको थियो। यस वर्ष ४० देखि ४५ प्रतिशतले उत्पादन घट्ने आँकलन गरिएको छ। अलैँची खेतीमा थुप्रै सम्भावनासँगै समस्यासमेत रहेको भन्दै उनले यसको व्यवस्थापनमा सरकारले प्राथमिकता दिनुपर्ने बताए।

ताप्लेजुङको मेरिङदेन गाउँपालिकाका अलैँची कृषक फुवा शेर्पा सरकारले अलैँचीसम्बन्धी तालिम दिएर सिजन र भूगोलअनुसारको बीउ छुट्याइदिए उत्पादन राम्रै गर्न सकिने बताउँछन्।

नेपालको पूर्वी क्षेत्र अलैँची उत्पादन गर्ने प्रमुख ठाउँ हो। संखुवासभा, इलाम, पाँचथर, धनकुटा र भोजपुर अलैँची उत्पादनका लागि प्रमुख मानिन्छ। अलैँची अहिले ४३ जिल्लाका १८ हजार ५ सय हेक्टरमा खेती गरिएकोमा यसको क्षेत्र विस्तार गरेर ५३ जिल्लामा पुर्‍याएइएको छ।

नेपालका लागि अलैँचीको मुख्य बजार भारत हो। यसको खपत भारत,पाकिस्तान, बंगलादेश,युरोपियन देशहरुमा हुने गरेको छ। तर भारतबाहेक अन्य देशमा भने विभिन्न कारणले सिधै निर्यात गर्न नसकिएको महासंघका केन्द्रीय सदस्य भट्टराईले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर