Aamsanchar

प्रधानमन्त्री दाहालले आज अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गर्दै

Author Image
मङ्गलवार, असोज २, २०८०

काठमाडौं –प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्दै छन् । अमेरिकाको न्यूयोर्कमा उनीहरूबीच संक्षिप्त भेटवार्ता हुन लागेको हो ।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्यूर्योक पुगेका विभिन्न देशका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखको सम्मानमा अमेरिकी राष्ट्रपति बाइडेनले आयोजना गर्ने रात्रिभोजअघि उनीहरूबीच संक्षिप्त भेटवार्ता हुनेछ ।

भेटपछि सामूहिक फोटो खिचेर राष्ट्रपति बाइडेनले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम रहेको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।

स्थानीय समयअनुसार रात्रिभोज मंगलबार साँझ ७ बजेबाट सुरु हुनेछ ।

नियोगका अनुसार मंगलबार नै न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच द्विपक्षीय भेटवार्ता हुनेछ । भेटवार्ता स्थानीय समयअनुसार दिउँसो ४ बजे हुने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर